साउन १४, सोलुखुम्बु । वर्षभरी काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङ गाविसमा भने खानेपानी आयोजनाका कर्मचारीहरुलाई पारिश्रमिक स्वरुप अन्न (मकै) दिने गरिएको छ । 

सोताङ–१, २ र ३ मा पानी वितरण गरिने खान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, सोलुखुम्बु । वर्षभरी काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङ गाविसमा भने खानेपानी आयोजनाका कर्मचारीहरुलाई पारिश्रमिक स्वरुप अन्न (मकै) दिने गरिएको छ । 

सोताङ–१, २ र ३ मा पानी वितरण गरिने खान"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खानेपानीका कर्मचारीको पारिश्रमिक १२ माना मकै !

२०७३, १४ श्रावण शुक्रबार ०२:३९

साउन १४, सोलुखुम्बु । वर्षभरी काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङ गाविसमा भने खानेपानी आयोजनाका कर्मचारीहरुलाई पारिश्रमिक स्वरुप अन्न (मकै) दिने गरिएको छ । 

सोताङ–१, २ र ३ मा पानी वितरण गरिने खानेपानी आयोजनाका उपभोक्ताले कर्मचारीलाई प्रतिघरधुरी प्रतिवर्ष १२ मानाका दरले मकै उपलब्ध गराउने गरेका छन् । 

बिहान र बेलुका गरी दुई/दुई घण्टा धारामा पानी पठाउने, धारामा पानी नआए मर्मत गर्नेलगायत काम गर्न दुई जना कर्मचारी राखिएको छ । ३०० भन्दा बढी घरधुरी रहेको सो खानेपानी आयोजनामा हिउँदको समयमा एक दिनमात्र पानी बन्द भएमा गाउँमा पानीको हाहाकार मचिन्छ । 

त्यसैले कर्मचारीहरु सधैँ तयारी अवस्थामा बस्नुपर्छ । “एक दिन मात्र धारामा पानी बन्द भयो भने दुई घण्टा टाढादेखि पानी बोक्नुपर्ने बाध्यता छ । वर्षायाममा गाउँमा केही मुहान भए पनि हिउँदमा सबै सुक्छन्, धारामा पनि पानी कम आउँछ ।

एउटा धारामा आएको पानी ७ देखि १५ घरले प्रयोग गर्नुपर्छ । यसरी पानीको अभाव भएकाले हरेक घरबाट अन्न दिएर कर्मचारी राखिएको हो”–स्थानीयबासिन्दा गणेशबहादुर कार्कीले भने । 

सोताङ गाविस कोसी पारीका गाविसमध्ये पानीका स्रोत कम भएको गाविसका रुपमा चिनिन्छ । 

तलबाट बग्ने हुँगा खोलाको पानी प्रयोग गर्न सकिदैन भने रोकखोलाको पानी पनि बाक्लो बस्तीसम्म ल्याउन सकिदैन । त्यसैले सोताङ गाविसको वडा नं १ देखि ३ सम्मको बाक्लो बस्तीमा पावै–७ को सिँगाने खोलाबाट पानी लगिएको छ । 

विसं २०५२ देखि सञ्चालनमा आएको सो खानेपानी योजनाका दुई कर्मचारीलाई पारिश्रमिकको रुपमा प्रतिघर १२ माना मकै दिइँदै आएको सोताङ–३ का फणिन्द्रबहादुर कार्की बताउछन । दिनमा २ पटक धारामा पानी छाड्नुपर्छ, कतै समस्या नआएमा मर्मत पनि गर्नुपर्छ । यसैको लागि २ जना कर्मचारी राखिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा