साउन १४, सोलुखुम्बु । वर्षभरी काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङ गाविसमा भने खानेपानी आयोजनाका कर्मचारीहरुलाई पारिश्रमिक स्वरुप अन्न (मकै) दिने गरिएको छ । 

सोताङ–१, २ र ३ मा पानी वितरण गरिने खान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, सोलुखुम्बु । वर्षभरी काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङ गाविसमा भने खानेपानी आयोजनाका कर्मचारीहरुलाई पारिश्रमिक स्वरुप अन्न (मकै) दिने गरिएको छ । 

सोताङ–१, २ र ३ मा पानी वितरण गरिने खान"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खानेपानीका कर्मचारीको पारिश्रमिक १२ माना मकै !

१४ श्रावण २०७३, शुक्रबार ०२:३९

साउन १४, सोलुखुम्बु । वर्षभरी काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङ गाविसमा भने खानेपानी आयोजनाका कर्मचारीहरुलाई पारिश्रमिक स्वरुप अन्न (मकै) दिने गरिएको छ । 

सोताङ–१, २ र ३ मा पानी वितरण गरिने खानेपानी आयोजनाका उपभोक्ताले कर्मचारीलाई प्रतिघरधुरी प्रतिवर्ष १२ मानाका दरले मकै उपलब्ध गराउने गरेका छन् । 

बिहान र बेलुका गरी दुई/दुई घण्टा धारामा पानी पठाउने, धारामा पानी नआए मर्मत गर्नेलगायत काम गर्न दुई जना कर्मचारी राखिएको छ । ३०० भन्दा बढी घरधुरी रहेको सो खानेपानी आयोजनामा हिउँदको समयमा एक दिनमात्र पानी बन्द भएमा गाउँमा पानीको हाहाकार मचिन्छ । 

त्यसैले कर्मचारीहरु सधैँ तयारी अवस्थामा बस्नुपर्छ । “एक दिन मात्र धारामा पानी बन्द भयो भने दुई घण्टा टाढादेखि पानी बोक्नुपर्ने बाध्यता छ । वर्षायाममा गाउँमा केही मुहान भए पनि हिउँदमा सबै सुक्छन्, धारामा पनि पानी कम आउँछ ।

एउटा धारामा आएको पानी ७ देखि १५ घरले प्रयोग गर्नुपर्छ । यसरी पानीको अभाव भएकाले हरेक घरबाट अन्न दिएर कर्मचारी राखिएको हो”–स्थानीयबासिन्दा गणेशबहादुर कार्कीले भने । 

सोताङ गाविस कोसी पारीका गाविसमध्ये पानीका स्रोत कम भएको गाविसका रुपमा चिनिन्छ । 

तलबाट बग्ने हुँगा खोलाको पानी प्रयोग गर्न सकिदैन भने रोकखोलाको पानी पनि बाक्लो बस्तीसम्म ल्याउन सकिदैन । त्यसैले सोताङ गाविसको वडा नं १ देखि ३ सम्मको बाक्लो बस्तीमा पावै–७ को सिँगाने खोलाबाट पानी लगिएको छ । 

विसं २०५२ देखि सञ्चालनमा आएको सो खानेपानी योजनाका दुई कर्मचारीलाई पारिश्रमिकको रुपमा प्रतिघर १२ माना मकै दिइँदै आएको सोताङ–३ का फणिन्द्रबहादुर कार्की बताउछन । दिनमा २ पटक धारामा पानी छाड्नुपर्छ, कतै समस्या नआएमा मर्मत पनि गर्नुपर्छ । यसैको लागि २ जना कर्मचारी राखिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव