२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेसम्मकै उच्च संक्रमण,कोरोना पैसाबाट पनि सर्ने

२०७७, १६ आश्विन शुक्रबार ०२:१८

असोज १६, काठमाडौं । नेपालमा नयाँ संक्रमित सख्या अहिलेसम्मकै उच्च देखिएको छ। बिहीबार एकैदिन १९ सय ११ जना संक्रमित थपिएका छन्। नयाँ संक्रमितमा ६ सय २८ महिला र १२ सय ८३ जना पुरुष छन्। थपसहित ७९ हजार ७ सय २८ जना संक्रमित भइसकेका छन्।

संक्रमित हुनेमा काठमाडौं उपत्यकामा मात्रै ९ सय ४३ जना छन्। त्यसमा काठमाडौंमा जिल्लामा मात्र ८ सय १७ जना छन्। उपत्यकाबाहिरका मुख्य सहरहरुमा पनि फैलिने क्रम बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुर्खेत, मोरङ, नवलपरासी, चितवनलगायतका जिल्लामा संक्रमण दर बढ्दो छ। कुल संक्रमितमध्ये हालसम्म ५७ हजार ३ सय ८९ पुगेको छ। यो हिसाबले कुल संक्रमितको ७२.९ प्रतिशत मात्र निको भएका छन्।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० पुगेको छ। तीमध्येमा ११ हजार ६९ जना होम आइसोलेसन र १० हजार ७ सय ६१ जना संस्थागत आइसोलेसनमा छन्। जटिल समस्या भएका २ सय जनाको आइसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

गत २४ घण्टामा १२ हजार ४ सय ४४ वटा नमुना परीक्षण भएको छ भने कुल परीक्षण संख्या १० लाख ३३ हजार ९ सय ४७ पुगेको छ। दैनिक कोरोना संक्रमण र मृत्युदरमा वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम स्थानका हरेक नागरिकले पूर्ण सुरक्षा मापदण्ड पालना गरी आफू र घरमा रहेका दीर्घरोगी, वृद्ध–वृद्धालाई संक्रमणबाट बचाउन अनुरोध गरेको छ।

पछिल्लो चरणमा बढी मात्रामा संक्रमण हुनेमा समूहमा बस्ने, समूहमा काम गर्ने, बैंक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, दैनिक तरकारी बजारमा आवात–जावात गर्नेहरू रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। ‘यी ठाउँमा काम गर्नेले सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्नुहोला,’ उनले भने।

पैसाबाट कोरोना सर्छ

कोरोना भाइरस मानिसको शरीरभित्रबाहेक सतहमा पनि केही समय जीवित रहने हुनाले भाइरस रहेको वस्तु तथा पैसाबाट पनि सर्ने चिकित्सकले जनाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको भिडियामो डा. कृष्णा मल्ल वैद्यले कोरोना संक्रमित व्यक्तिले चलाएको पैसामा पनि कोरोना हुने भएकोले पैसा चलाएपछि साबुनपानीले हात धुने या राम्रोसित सेनिटाइजरको प्रयोग गर्न सुझाएकी छिन्। यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह