४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बलि दिन’ किशोरी तस्करी

१७ आश्विन २०७७, शनिबार ०२:३९

असोज १७, काठमाडौं ।

घटना–१ 

सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार ग¥यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन सफल भएको हो। उनलाई प्रलोभनमा पारी फकाएर भारत लैजाँदै गरेका एक युवतीसहित तीनजनालाई प्रहरी पक्राउ गरेको छ। 

घटना–२

बलि दिनकै लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा असोज ५ गते सुनसरीको रामधुनी–५ की १७ वर्षीया किशोरीलाई भारतीय सीमाबाट प्रहरीले उद्धार ग¥यो। विराटनगर–१७ इस्लामपुरको बाटो हुँदै उनलाई एक गिरोहले बिक्री गर्न भारत लैजाँदै थियो।

उनलाई लैजाने युवकमाथि शंका लागेपछि उनले गाडीबाट हामफालेर आफूलाई बचाएकी थिइन्। त्यसपछि उनी साना हातहरू नामक संस्थाको सहारामा प्रहरीसम्म पुगिन्। उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले कारबाही थालेको छ।

घटना–३ 

काठमाडौंकी एक युवतीलाई मोडलिङका लागि भारत जानुपर्ने भन्दै एक समूहले २०७६ पुस महिनामा विराटनगर बोलायो। उनलाई जोगबनी नाका हुँदै बलि दिनकै लागि भारत लैजान खोज्ने ७ जना प्रहरीको फन्दामा परे। काठमाडौंको नयाँ बानेश्वरमा फेसन हाउस सञ्चालन गर्दै आएकी महिलाले मोडलिङका लागि ६ फिट हाइट भएकी युवती चाहिएको भन्दै उनीसँग कुरा गरेकी थिइन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ