२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थप

१७ आश्विन २०७७, शनिबार १५:३४

असोज १७, विराटनगर (रासस) । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ९६ महिला र १५९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिने सङ्क्रमितमा सुनसरीका १२२, मोरङका १०२,  झापाका छ, उदयपुरका पाँच, खोटाङका चार, संखुवासभा र ओखलढुङ्गाका तीन/तीन र धनकुटाका एक जना छन् ।यसैगरी थपिनेमा प्रदेश बाहिरका नौ जना रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा उच्च रहेको छ । पछल्लो तीन दिनदेखि यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ४३२ पुगेको छ । तीमध्ये तीन हजार ७२५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्ममा एक लाख २६ हजार ८९० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला