४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष प्रचण्डको सरकार प्रमुखका हैसियतमा व्यक्त सम्बोधनको संग्रह सार्वजनिक

१७ आश्विन २०७७, शनिबार १५:५२

असोज १७, काठमाडौँ, (रासस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने त्यो संविधानलाई कार्यान्वयनको आधार खडा गर्ने प्रधानमन्त्रीका रुपमा जिम्मेवारीमा रहँदा व्यक्त विचारलाई अभिलेखीकरण गरी प्रज्ञा स्मृति प्रतिष्ठानले पुस्तकको रुपमा ल्याएको हो । 

दशवर्षे जनयुद्धको कुशलतापूर्वक नेतृत्व गरी दुई पटक प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गर्दा अध्यक्ष प्रचण्डले नेपालको आर्थिक, राजनीतिक र सामाजिक समृद्धिका लागि लिनुभएका पहलकदमीका रणनीति र योजनाका फेहरिस्त प्रस्तुत पुस्तकमा पाइन्छ ।

पुस्तकमा प्रधानमन्त्रीत्व कालका दुई अवधिलाई दुई खण्डमा विभाजन गरिएको छ । पुस्तकमा अध्यक्ष दाहाल प्रधानमन्त्री रुपमा रहँदाको पहिलो कार्यकालका १५ वटा सम्बोधन समेटिएका छन् भने दोस्रो कार्यकालका ५४ वटा सम्बोधनलाई पुस्तकको अर्को अंश बनाइएको छ । पाठकलाई सजिलो होस् भनेर परिशिष्टमा उहाँको प्रधानमन्त्रीत्वकालमा भएका प्रमुख काम र उपलब्धिलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ । 

जनयुद्धको सकारात्मक प्रयासका विषयमा अध्ययन तथा अनुसन्धानका लागि प्रस्तुत पुस्तकले ज्ञान दिनेछ । बर्तमान नेपाली राजनीतिलाई बुझन र बुझाउन पनि प्रस्तुत पुस्तकले महत्वपूण सामग्री प्रदान गर्ने छ । माओवादी आन्दोलनले उठाएका एजेन्डा र ती एजेन्डालाई संस्थागत गर्न चाहनेका लागि प्रस्तुत पुस्तकले अध्ययन–अनुसन्धानका लागि ढोका खोलिदिन सक्छ ।

क्रान्तिकारी नेताले सरकारको नेतृत्वमा पुगेर लिएका निर्णय, दिएका अभिव्यक्ति, अगाडि सारिएका योजना, कार्यान्वयन गर्ने अग्रसरता, शान्ति, संविधान र समृद्धिका लागि नेतृत्वमा देखिएको हुटहुटी प्रस्तुत पुस्तकमा पढ्न पाइन्छ । पुस्तकमा तत्कालीन अवस्थामा अध्यक्ष दाहाल सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैठक, भेला र छलफलका तस्बिर पनि समावेश गरिएको छ । पुस्तकमा ४०४ पृष्ठ छन् । प्रतिष्ठानले पुस्तकको मूल्य रु ७५० राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ