४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा संवेदनशीलताका कारण १३ जिल्लाको उडान अनुमति केन्द्रबाटै दिइन्छः गृहमन्त्री

१८ आश्विन २०७७, आईतवार १५:४१

असोज १८, काठमाडौँ (रासस) । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा संवेदनशीलताका दृष्टिले उच्च हिमाली क्षेत्रका १३ जिल्लामा हेलिकोप्टरमार्फत गरिने उद्धार उडानको अनुमति केन्द्रबाटै दिने गरिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा भएको बैठकमा ‘उद्धार तथा हेलिकोप्टरको उडान अनुमतिको अधिकार स्थानीय प्रशासनलाई दिने सम्बन्ध’ मा भएको छलफलमा गृहमन्त्री थापाले निषेधित क्षेत्रमा गरिने उद्धार उडानलाई थप सहजीकरण गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताउनुभयो । 

उहाँले उद्धार उडानलाई छिटो र सहज तुल्याउन आवश्यक सबै संयन्त्र २४ सै घण्टा तम्तयार रहेको पनि जानकारी गराउनुभयो । विसं २०२१ मा उच्च हिमाली क्षेत्रका १३ जिल्लालाई निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

त्यहाँ आरक्षण क्षेत्र पर्ने र संरक्षित क्षेत्र दुर्लभ वन्यजन्तु, बहुमूल्य जडिबुटीलगायत अन्य प्राकृतिक सम्पदा तथा उत्तरी सिमानाका संवेदनशील क्षेत्र भएकाले सरकारले निषेधित क्षेत्र घोषणा गरेको थियो । ती जिल्लाका ७३ स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस क्षेत्रमा उडान गर्दा केन्द्रको अनुमति चाहिने उल्लेख छ । विदेशी पर्यटकका हकमा मात्र सोे व्यवस्था लागू गरिएको हो ।

गृहमन्त्री थापाले अहिलेका सन्दर्भमा पनि निषेधित क्षेत्रमा गरिएको निर्णय सुरक्षाका दृष्टिले सान्दर्भिक रहेको बताउँदै उद्धार उडानमा हुने ढिलासुस्ती हटाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । अन्य जिल्लामा हेलिकोप्टर उडानका लागि गृहबाट अनुमति लिन नपर्ने मन्त्री थापाले स्पष्ट पार्नुभयो ।

समितिका सदस्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निषेधित क्षेत्रको संवेदनशीलतालाई ध्यान दिई आन्तरिक उडानलाई सहजीकरण गर्न आग्रह गर्नुभयो । सदस्य भीमबहादुर रावलले उच्च हिमाली क्षेत्रका जिल्लामा वनस्पति, वन्यजन्तु र संवेदनशील उत्तरी सीमा क्षेत्रजस्ता संवेदनशीलता भएकाले निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख गर्दै ती क्षेत्रमा हेलिकोप्टरमार्फत गरिने उद्धार उडानलाई सहज तुल्याइनुपर्ने धारणा राख्नुभयो ।

सांसद प्रेमप्रसाद तुलाचनले दुर्गम क्षेत्रको उडान तथा उद्धार उडानमा विभिन्न कठिनाइ हुने गरेकाले  सहज र प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

समितिले कोभिड –१९ का कारण हवाई उडान क्षेत्रमा पारेको प्रभाव र ग्राउण्ड ह्याण्डलिङका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई र हेलिकप्तरमार्फत गरिने उद्धार उडान अनुमतिका विषयमा गृहमन्त्री  थापासँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ