४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४० लाखमा बाघको छाला बेच्ने प्रयास असफल, धादिङको ३ जना पक्राउ

१८ आश्विन २०७७, आईतवार १६:०३

असोज १८, काठमाडौँ (रासस) । दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जनालाई प्रहरीले काठमाडौँको स्वयम्भूबाट आज पक्राउ गरेको छ ।

बाघको छाला अवैध रुपमा रु ४० लाखमा बिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खोजी गर्दै जाँदा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका– १५ स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका– ५ का टेकबहादुर तामाङ, सुजन थिङ र  आशिष तामाङ तथा मकवानपुर, थाहा नगरपालिका –८ का सानुकान्छा थिङ रहेको महाशाखाले जनाएको छ । 

उनीहरुका साथबाट अन्दाजी नौ फिट लम्बाइ र दुई फिट दुई इञ्च चौडाइ भएको प्रतिबन्धित पाटे बाघको छाला बरामद गरिएको छ । प्रहरीका अनुसार धादिङका व्यक्तिबाट टेकबहादुरले  रु ३५ लाखमा बाघको छाला किनेर ल्याएको अनुसन्धानमा खुलेको छ । 

उक्त छाला रु ४० लाखमा बिक्री गरी आएको पैसाले दशैँ मनाउने मनशायले प्रलोभनमा परी बेच्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ