४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह

१९ आश्विन २०७७, सोमबार ०२:११

असोज १९, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । 

मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारणलाई जुन ठाउँमा छौँ, त्यही ठाउँबाट दशँै मनाउन’ आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसपटक कोरोना महामारीबाट जोगिएमा दशँै अर्को वर्ष पनि मनाउन सकिने भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाउँबाट अर्को ठाउँमा नजान आग्रह गरे ।

उनले महामारीका बेलामा गाउँ सहर आवतजावत गर्दा सङ्क्रमण फैलन सक्ने बताए । मन्त्रालयको ‘कोभिड इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले यस्तो आग्रह गरेको भन्दै उनले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना शुल्क तोक्ने मापदण्ड बनाई स्वीकृतिका लागि पठाउने निर्णय गरेको जानकारी दिए । 

बैठकले सङ्क्रमणको खराब अवस्था आउन सक्ने भन्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखालाई औषधि तथा आवश्यक सामग्रीको व्यवस्था मिलाउन आग्रह गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुुङ्गेलले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ