४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रुख घर’ चढेर हिमाल दर्शन

१९ आश्विन २०७७, सोमबार ०८:०४

असोज १९, तम्घास, (रासस) : गुल्मीको रेसुङ्गा नगरपालिका ७ उनायचौरमा निर्मित ‘रुख घर’  सुनसान भएको छ । कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दीका कारण ट्री हाउस सुनसान भएको हो । कुनै समय दिनकै १३ हजारसम्म पर्यटक आउने ट्री हाउसमा आजकाल भने कुनै दिन कोही जाँदैनन् । 

एउटा करीब १५ मिटर अग्लो सल्लाका रुखमा विभिन्न प्रविधि र सामग्रीको प्रयोग गरी रुख घर निर्माण गरिएको छ । उक्त घर गत वर्ष भदौ ३ गतेदेखि सञ्चालनमा आएको र निकै चर्चा कमाएको थियो । 

प्रदेश नं ५ सरकारको रु १३ लाख लगानीमा डिभिजन वन कार्यालय, गुल्मीले रुख घर निर्माण गरेको हो । सदरमुकाम तम्घासबाट सात किलोमिटरको यात्रापछि रुख घर पुग्न सकिन्छ । त्यसपछि सल्लाको रुख वरिपरि बनाइएको करिब १० मिटरजति सिँढी अर्थात् भ¥याङ चढेपछि रुखमै निर्माण गरिएको घरमा पुगिन्छ । उक्त घरबाट जिल्ला सदरमुकाम तम्घासका विभिन्न क्षेत्र, अर्घाखाँची, बाग्लुङ, प्युठानलगायत विभिन्न जिल्ला र हिमशृङ्खला देख्न सकिन्छ ।  

रुख घर अवलोकन गर्ने जोकोहीले पनि प्राकृतिक सौन्दर्य र आनन्द लिने गर्छन् । रुख घर अवलोकन गर्नका लागि जिल्लाका विभिन्न स्थानका साथै अर्घाखाँची, बागलुङ, स्याङ्जा, कास्की, दाङ, प्युठान, रुपन्देही, काठमाडौँलगायत जिल्लाका मानिस आउने गरेको रुख घरका व्यवस्थापक घनश्याम पन्थीले जानकारी दिनुभयो ।  

लकडाउन शुरु भएदेखि भने त्यसरी आउने मानिस ह्वात्तै घटेका छन् । ‘केही समय दैनिक १३ हजारसम्म पनि टिकट बिक्री भयो तर अहिले त सुनसान जस्तै बनेको छ’, उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ त शून्य नै हुन्छ, कहिलेकाहीँ भने दैनिक ५० जनासम्म आउनुभएको छ ।’ यदि यही गतिमा पर्यटक नआए सञ्चालन खर्च धान्न पनि मुश्किल पर्ने उहाँको भनाइ छ ।

लकडाउनअघि ६ महिनाका अवधिमा तीन हजार ८७५ जना  र १३ हजार १७०  अन्य गरी कुल १७ हजार ४५ जना तथा बन्दाबन्दी भएदेखि चैतदेखि हालसम्म जम्मा एक हजार एक जनाले रुख घरको अवलोकन गरेका छन् । रुख घरमा चढ्नका लागि वृद्धवृद्धाका लागि निःशुल्क, विद्यार्थीका लागि रु १० र अन्य व्यक्तिका लागि रु  २०  तोकिएको छ । हालसम्म टिकट बिक्रीबाट रु तीन लाख २२ हजार १७० आम्दानी भएको पन्थीले बताउनुभयो । टिकट बाट सङ्कलित रकम मन्दिर व्यवस्थापन समितिले बचत गरेको छ ।

सिस्नेहार पाताल सामुदायिक, चुमाले उनायचौर सामुदायिक, दीप सामुदायिक वन र उनायचौर खड्गभगवती मन्दिर व्यवस्थापन समितिले घर हेरचाह गरेका छन् । विभिन्न समितिमार्फत रुख घरको व्यवस्थापन र सञ्चालन गरिएको छ । रुख घरको व्यवस्थापनका लागि एक कर्मचारीको व्यवस्था गरिएको छ । रेसुङ्गा नगरपालिका –७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेले अब विस्तारै खुकुलो हुँदै गएकाले रुख घरमा पर्यटक आउने क्रम शुरु हुने विश्वास व्यक्त गर्नुभयो । 

 रेसुङ्गा नगरपालिकाले रुख घरको गुरुयोजना बनाउने तयारी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले पर्यटकीयस्थल रेसुङ्गासँगै घरलाई ट्रान्जिट प्वाइन्टका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।  नगरपालिकाका सबै पर्यटकीय क्षेत्रलाई समेटेर रेसुङ्गा परिपथ बनाइने र त्यसैमा रुख घरको विकास गरिने उहाँको भनाइ छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ