साउन १४, गोरखा । गोरखाको उहिया गाविसस्थित खोर्ला गाउँमा घरैपिच्छे बिरामी पर्नेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई सातादेखि खोर्लामा फैलिएको झाडापखाला, ज्वरो तथा रुघाखोकीलगायत रोग नियन्त्रणमा नआउँदा भूकम्पपीडित स्थानीयवासी समस्यामा छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, गोरखा । गोरखाको उहिया गाविसस्थित खोर्ला गाउँमा घरैपिच्छे बिरामी पर्नेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई सातादेखि खोर्लामा फैलिएको झाडापखाला, ज्वरो तथा रुघाखोकीलगायत रोग नियन्त्रणमा नआउँदा भूकम्पपीडित स्थानीयवासी समस्यामा छन् । 
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाको खोर्लामा घरैपिच्छे बिरामी, झाडापखाला नियन्त्रणमा आएन

१४ श्रावण २०७३, शुक्रबार ०९:०९

साउन १४, गोरखा । गोरखाको उहिया गाविसस्थित खोर्ला गाउँमा घरैपिच्छे बिरामी पर्नेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई सातादेखि खोर्लामा फैलिएको झाडापखाला, ज्वरो तथा रुघाखोकीलगायत रोग नियन्त्रणमा नआउँदा भूकम्पपीडित स्थानीयवासी समस्यामा छन् । 

घरैपिच्छे बिरामी पर्नेहरु बढेपछि आफूलाई पनि रोग सर्ने डरले गाउँ छाडेको खोर्लाकी विपना गुरुङले बताउनुभयो । घरमा दुई/तीन जनाको दरले मानिस बिरामी पर्दै आएको भए पनि बिरामीको स्वास्थ्य परीक्षण गरी उपचार गर्न नसकिएको गुरुङको भनाइ छ । 

उहिया वडा नं २ र ३ का ११६ घरधुरीका स्थानीयवासीमा झाडापखाला, ज्वरोलगायत समस्या देखिएको हो । उहिया र गुम्दास्थित माछाखोलका स्वास्थ्यकर्मीले बिरामीको उपचार गरे पनि झाडापखालाका बिरामी घटेका छैनन् । “स्वास्थ्यकर्मीहरु दुई दिन गाउँ बसेर फर्किए”, उनले भने– “बिरामी तङ्ग्रिएका छैनन् ।” स्थानीय शिक्षक छिरिङदोर्जे गुरुङले भूकम्पपछि अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित रोग फैलिएपछि थला परेको बताए । 

“झाडापखाला, बान्ता लाग्ने, टाउको दुख्ने, रुघाखोकी र ज्वरोका बिरामी घरैपिच्छे छन्”, उनले भने– “गाउँका स्वास्थ्यकर्मीले दिएको औषधिले बिरामीलाई निको भएन । बोकेर सदरमुकामको अस्पतालमा लैजान सक्ने अवस्था छैन ।” 

पहिरोले बाटो अवरुद्ध हुँदा वल्लोपल्लो गाउँ जाने अवस्था पनि नरहेको उहाँको भनाइ छ । गाउँले बिरामी परेकोबारे जिल्ला जनस्वास्थ्य कार्यालयमा धेरैपटक जानकारी गराए पनि उचित स्वास्थ्य सेवा नपाएको उनले गुनासो । आवश्यक औषधि लिएर स्वास्थ्यकर्मी गाउँमा आउनुपर्ने उनको भनाइ छ । 

बिरामीले थलिएका मन्थल गुरुङ र सुन्दानी गुरुङको निधन भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीले बिरामी स्वास्थ्य संस्था नजाँदा समस्या आएको बताए । “सधैँ स्वास्थ्यकर्मी घर घर जान सक्दैनन्”,उनले भने– “घर घर गएर बिरामीको उपचार गरेका छौँ ।” 

खोर्लागाउँबाट उहिया स्वास्थ्य चौकी जान एक घन्टा हिँड्नुपर्छ । बिरामीले गलेका गाउँलेहरु स्वास्थ्य संस्थामा जान नसक्ने गुरुङको भनाइ छ । भूकम्पपछि दूषित खानेपानीको प्रयोग गर्दा गाउँले बिरामी भएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव