४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाको सेप्टेम्बरमा उपभोक्ता मूल्य एक प्रतिशतले वृद्धि

२० आश्विन २०७७, मंगलवार १०:०५

  असोज २०, सियोल (रासस/सिन्ह्वा) । उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सेप्टेम्बरमा अघिल्लो वर्ष पहिलेको तुलनामा एक प्रतिशतले वृद्धि भएको कोरियाली तथ्याङ्क कार्यालयले मङ्गलबार उल्लेख गरेको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क सेप्टेम्बरमा १०६.२० अङ्क पुगेको र मार्चपछि पहिलो पटक सेप्टेम्बरमा उपभोक्ता मूल्यमा अत्यधिक छिटो वृद्धि भएको हो । 

उपभोक्ता मुद्रास्फीति मार्चमा १ प्रतिशतबाट अप्रिलमा ०.१ प्रतिशतमा झरेको थियो भने मेमा ०.३ प्रतिशतले रेकर्ड भएको थियो । जुलाईमा ०.३ प्रतिशत वृद्धि कायम रहेको उपभोक्ता मूल्य अगस्टमा बढेर ०.७ प्रतिशत पुगेको थियो ।

सेप्टेम्बरको वृद्धिमा वर्षा ऋतुको लामो अवधिसम्म कृषि सामानको मूल्यवृद्धिको श्रेय रहेको बताइएको छ । 

कृषि, पशुपालन र मत्स्यपालन उत्पादनको मूल्य एक वर्षअघि सेप्टेम्बरमा १३.५ प्रतिशतले बढेको थियो । यो वृद्धि साढे नौ बर्षमा अर्थात् मार्च २०११ पछि सबैभन्दा उच्च हो । 

कच्चा तेल (पेट्रोलियम पदार्थ) को मूल्य सस्तो भएपछि दक्षिण कोरियामा औद्योगिक उत्पादनको मूल्यमा सङ्कुचन आएको थियो ।

अस्थिर कृषि र तेल उत्पादनबाहेक दक्षिण कोरियामा उपभोक्ता मूल्यमा गत वर्षभन्दा सेप्टेम्बरमा ०.९ प्रतिशतले बढेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ