२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाको सेप्टेम्बरमा उपभोक्ता मूल्य एक प्रतिशतले वृद्धि

२०७७, २० आश्विन मंगलवार १०:०५

  असोज २०, सियोल (रासस/सिन्ह्वा) । उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सेप्टेम्बरमा अघिल्लो वर्ष पहिलेको तुलनामा एक प्रतिशतले वृद्धि भएको कोरियाली तथ्याङ्क कार्यालयले मङ्गलबार उल्लेख गरेको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क सेप्टेम्बरमा १०६.२० अङ्क पुगेको र मार्चपछि पहिलो पटक सेप्टेम्बरमा उपभोक्ता मूल्यमा अत्यधिक छिटो वृद्धि भएको हो । 

उपभोक्ता मुद्रास्फीति मार्चमा १ प्रतिशतबाट अप्रिलमा ०.१ प्रतिशतमा झरेको थियो भने मेमा ०.३ प्रतिशतले रेकर्ड भएको थियो । जुलाईमा ०.३ प्रतिशत वृद्धि कायम रहेको उपभोक्ता मूल्य अगस्टमा बढेर ०.७ प्रतिशत पुगेको थियो ।

सेप्टेम्बरको वृद्धिमा वर्षा ऋतुको लामो अवधिसम्म कृषि सामानको मूल्यवृद्धिको श्रेय रहेको बताइएको छ । 

कृषि, पशुपालन र मत्स्यपालन उत्पादनको मूल्य एक वर्षअघि सेप्टेम्बरमा १३.५ प्रतिशतले बढेको थियो । यो वृद्धि साढे नौ बर्षमा अर्थात् मार्च २०११ पछि सबैभन्दा उच्च हो । 

कच्चा तेल (पेट्रोलियम पदार्थ) को मूल्य सस्तो भएपछि दक्षिण कोरियामा औद्योगिक उत्पादनको मूल्यमा सङ्कुचन आएको थियो ।

अस्थिर कृषि र तेल उत्पादनबाहेक दक्षिण कोरियामा उपभोक्ता मूल्यमा गत वर्षभन्दा सेप्टेम्बरमा ०.९ प्रतिशतले बढेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह