४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपतिका लागि ४० लाखले मतदान गरिसके

२० आश्विन २०७७, मंगलवार १६:३६

असोज २०, वासिङ्टन (रासस–एपी) –– अमेरिकी राष्ट्रपतिको चुनावको मिति आउन एक महिना बाँकी रहँदै हुलाक मार्फत् ४० लाखभन्दा बढीले मतदान गरिसकेका छन् । अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बर ३ तारिखमा मतदान हुँदैछ । 

अमेरिकी निर्वाचन परियोजनाका अनुसार सन् २०१६ को भन्दा यो संख्या ७५ हजारभन्दा बढी हो । कोरानाभाइरस महामारीको अवस्थामा हुलाकबाट मतदान गर्नु सुरक्षित ठान्ने ठूलो संख्याका मतदाताहरुले चुनावको मितिभन्दा अघि नै मतदान गरेका हुन् । अमेरिकाका कैयौं राज्यले यसपटक हुलाक मार्फत मतदान गर्न अनुमति दिएका थिए । 

फ्लोरिडा विश्वविद्यालयका माइकल म्याकडोनाल्डले अमेरिकामा चुनावको मिति अघि नै यति ठूलो संख्यामा मतदान भएको पहिलो पटक देखिएको बताउनुभयो ।

उहाँले मतदान गर्नुअघि नै उम्मेदवारका बारेमा निर्णय गरिसक्ने र यसपटक पनि राष्ट्रपति ट्रम्प र विपक्षी जो बाइडेनका बारेमा निर्णय गरिसकेका छन् भन्नुभयो । 

उहाँले यसपटकको चुनावमा करिब १५ करोड अर्थात् करिब ६५ प्रतिशत अमेरिकीले मतदान गर्ने पूर्वानुमान गर्नुभयो । सन् १९०८ यता यो सबैभन्दा ठूलो संख्या हुनेछ ।

अमेरिकी राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेन उम्मेदवार हुनुहुन्छ ।

पछिल्लो जनमत सर्वेक्षणहरुले बाइडेनको पक्षमा केही झुकाव देखाए पनि दुबै उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन् । 

अमेरिकी निर्वाचन आयोगका अनुसार मतदान स्थलमा गएर मतदान गर्ने अमेरिकीहरुको संख्यामा निरन्तर कमी आइरहेको छ । बरु हुलाक मार्फत हुने मतदाताको संख्या निरन्तर बढ्दै गएको छ ।

सन् २००४ मा करिब २ करोड ५० लाख मतदाताले हुलाक मार्फत मतदान गरेकामा सन् २०१६ मा ५ करोड ७० लाखले यस्तो मतदानमा भाग लिएको आयोगको भनाई छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुलाक मार्फत हुने मतदानबाट धाँधलीको सम्भावना बढी हुने आरोप लगाउनु भएको छ । तर विज्ञहरुले ट्रम्पको आशंका विश्वासयोग्य नरहेको दाबी गरेका छन् । 

राष्ट्रपति निर्वाचनमा निकै प्रभाव पार्ने फ्लोरिडा राज्यमा डेमोक्रेट समर्थक २४ लाख मतदाताले हुलाक मार्फत मतदान गर्न फारम भरेका छन् भने २ लाख ८२ हजारले मतपत्र पठाइसकेका छन् ।

रिपब्लीकनले भने १७ लाख मतपत्र अनुरोध गरेकामा १ लाख ४५ हजारले मतपत्र हुलाकमा बुझाइ सकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ