४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटालीबाट फरार उत्तर कोरियाली राजदूत दक्षिण कोरियामा छन् : सांसद

२१ आश्विन २०७७, बुधबार ११:४३

असोज २१, सियोल  (रासस–एपी) । उत्तर कोरियाका एक वरिष्ट कुटनीतिज्ञ हाल दक्षिण कोरिया सरकारको संरक्षणमा दक्षिण कोरियामा रहेको एक सांसदले बताएका छन् । इटालीका लागि उत्तर कोरियाली ती कुटनीतिज्ञ सन् २०१८ को अन्त्यतिर इटालीबाट फरार भएका थिए । 

दक्षिण कोरियाली सांसदले सार्वजनिक गरेको तथ्य प्रमाणित भएमा उत्तर कोरिया परित्याग गर्ने जो सोङ गिल दोस्रो बरिष्ट अधिकारी हुनु हुनेछ । उहाँ इटालीका लागि उत्तर कोरियाली राजदूत हुनुहुन्थ्यो । 

यसअघि सन् १९९७ मा सत्तारुढ उत्तर कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी ह्वाङ जाङ–योप उत्तर कोरिया परित्याग गरेर दक्षिण आइपुग्नु भएको थियो । ह्वाङ जाङ–योपले स्वर्गीय नेता किम जोङ–इललाई पढाउनु भएको थियो ।

दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाली कुटनीतिज्ञ जो नोभेम्बर २०१८ मा आफ्नी पत्निसहित रोम निवास छाड्नु भएको बताएको थियो । युरोपेली मुलुकभन्दा बाहिरको मुलुकमा उहाँ रहनु भएको पनि गुप्तचर प्रतिवेदनमा उल्लेख छ । 

दक्षिण कोरियाली नेसनल एसेम्ब्लीको गुप्तचर समितिका सदस्य समेत रहनु भएका सांसद हा ताए–केयुङले उत्तर कोरियाली कुटनीतिज्ञ जो सोङ गिल गत वर्ष दक्षिण कोरिया आइपुगेको बताउनु भएको छ । 

दक्षिण कोरियाली संचार माध्यमहरुले मंगलबार साँझ उत्तर कोरियाली कुटनीतिज्ञ दक्षिण कोरियामा रहेको समाचार प्रशारण गरेका थिए । सांसद हा ले कुटनीतिज्ञ जो को सुरक्षाका लागि थप विवरण दिन अस्वीकार गर्नुभयो । 

सांसद हा ले समाचारको स्रोतका बारेमा केही बताउनु भएको छैन । तर दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान विभागले नै विवरणहरु सांसदलाई बताएको अनुमान गरिएको छ । तर विभागले कुटनीतिज्ञको आगमनका बारेमा अध्ययन गरिरहेको बताएको छ । 

दक्षिण कोरियाको विदेश तथा एकीकरण मामिला मन्त्रालयले भने उक्त रिपोर्टको सत्यताका बारेमा केही बताएको छैन । 

कुटनीतिज्ञ जो सोङ गिलभन्दा अघि लन्डनस्थित राजदूतावासमा कार्यरत थाए योङ हो पनि दूतावास परित्याग गरी भाग्नु भएको थियो । उहाँ सन् २०१६ मा सियोल पुग्नु भएको थियो र यसैवर्ष संसदका लागि निर्वाचित हुनु भएको थियो । 

सन् १९९० को दशकयता उत्तर कोरिया परित्याग गरेर दक्षिण कोरिया आइपुगेकाहरुको संख्या करिब ३३ हजार पुगिसकेको छ । दक्षिण कोरिया आइपुगेकाहरुले उत्तर कोरियामा राजनीतिक दमन भएको र गरिबी अति ठूलो समस्या रहेको बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ