२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटालीबाट फरार उत्तर कोरियाली राजदूत दक्षिण कोरियामा छन् : सांसद

२०७७, २१ आश्विन बुधबार ११:४३

असोज २१, सियोल  (रासस–एपी) । उत्तर कोरियाका एक वरिष्ट कुटनीतिज्ञ हाल दक्षिण कोरिया सरकारको संरक्षणमा दक्षिण कोरियामा रहेको एक सांसदले बताएका छन् । इटालीका लागि उत्तर कोरियाली ती कुटनीतिज्ञ सन् २०१८ को अन्त्यतिर इटालीबाट फरार भएका थिए । 

दक्षिण कोरियाली सांसदले सार्वजनिक गरेको तथ्य प्रमाणित भएमा उत्तर कोरिया परित्याग गर्ने जो सोङ गिल दोस्रो बरिष्ट अधिकारी हुनु हुनेछ । उहाँ इटालीका लागि उत्तर कोरियाली राजदूत हुनुहुन्थ्यो । 

यसअघि सन् १९९७ मा सत्तारुढ उत्तर कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी ह्वाङ जाङ–योप उत्तर कोरिया परित्याग गरेर दक्षिण आइपुग्नु भएको थियो । ह्वाङ जाङ–योपले स्वर्गीय नेता किम जोङ–इललाई पढाउनु भएको थियो ।

दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाली कुटनीतिज्ञ जो नोभेम्बर २०१८ मा आफ्नी पत्निसहित रोम निवास छाड्नु भएको बताएको थियो । युरोपेली मुलुकभन्दा बाहिरको मुलुकमा उहाँ रहनु भएको पनि गुप्तचर प्रतिवेदनमा उल्लेख छ । 

दक्षिण कोरियाली नेसनल एसेम्ब्लीको गुप्तचर समितिका सदस्य समेत रहनु भएका सांसद हा ताए–केयुङले उत्तर कोरियाली कुटनीतिज्ञ जो सोङ गिल गत वर्ष दक्षिण कोरिया आइपुगेको बताउनु भएको छ । 

दक्षिण कोरियाली संचार माध्यमहरुले मंगलबार साँझ उत्तर कोरियाली कुटनीतिज्ञ दक्षिण कोरियामा रहेको समाचार प्रशारण गरेका थिए । सांसद हा ले कुटनीतिज्ञ जो को सुरक्षाका लागि थप विवरण दिन अस्वीकार गर्नुभयो । 

सांसद हा ले समाचारको स्रोतका बारेमा केही बताउनु भएको छैन । तर दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान विभागले नै विवरणहरु सांसदलाई बताएको अनुमान गरिएको छ । तर विभागले कुटनीतिज्ञको आगमनका बारेमा अध्ययन गरिरहेको बताएको छ । 

दक्षिण कोरियाको विदेश तथा एकीकरण मामिला मन्त्रालयले भने उक्त रिपोर्टको सत्यताका बारेमा केही बताएको छैन । 

कुटनीतिज्ञ जो सोङ गिलभन्दा अघि लन्डनस्थित राजदूतावासमा कार्यरत थाए योङ हो पनि दूतावास परित्याग गरी भाग्नु भएको थियो । उहाँ सन् २०१६ मा सियोल पुग्नु भएको थियो र यसैवर्ष संसदका लागि निर्वाचित हुनु भएको थियो । 

सन् १९९० को दशकयता उत्तर कोरिया परित्याग गरेर दक्षिण कोरिया आइपुगेकाहरुको संख्या करिब ३३ हजार पुगिसकेको छ । दक्षिण कोरिया आइपुगेकाहरुले उत्तर कोरियामा राजनीतिक दमन भएको र गरिबी अति ठूलो समस्या रहेको बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह