२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली, दाहाल र देउवाले ९ अर्ब खाएः भट्टराई

२०७७, २३ आश्विन शुक्रबार ०२:३०

असोज २३, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका छन् ।

भट्टराईले ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारेको आरोप लगाएका हुन् । ‘उनीहरूले आयोजनाबाट अर्बौं रूपैयाँ कमिसन लिएर भ्रष्टाचार गरेको प्रमाणित गर्न सकिन्छ,’ भट्टराईले भने ।  

भट्टराईले ओलीसँगको संगतले अहिले दाहाल धुरुधुरु रुनुपरेको समेत बताए । पालुङटार नगरपालिका–६ मा बिहीबार आयोजित कार्यकर्ता  

भेटघाटका क्रममा उनले भने, ‘ओलीको संगतले लौ डुबियो, बर्बाद भो भनेर प्रचण्ड (दाहाल) बिलौना गर्नुहुन्छ ।’ भट्टराईले दाहालसँग अहिले पनि आफ्नो सम्बन्ध रहेको र निवासमा भेट हुँदा उनले बिलौना गरेको बताए ।  ‘प्रचण्डजी ओलीको फेला पर्नुभयो,’ उनले भने ।  

भट्टराईले प्रधानमन्त्रीसमेत रहेका ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप पनि लगाए । उनी जिल्लाको विकास निर्माणबारे छलफल गर्न गृहजिल्ला गोरखा आएका थिए । यो समाचार आजको नागरिक दैनिकमा नरहरि सापकोटाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा