२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा श्रीमानको कुटाइबाट घाइते श्रीमतीको मृत्यु

२३ आश्विन २०७७, शुक्रबार १४:२९

असोज २३, खोटाङ (रासस) : श्रीमानको कुटाइबाट गम्भीर घाइते बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । 

घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते बन्नुभएकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा आज बाटैमा मृत्यु भएको हो । 

आफ्नै घरमा श्रीमानको कुटाइ खानुभएकी ज्ञानकुमारी ज्यान जोगाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा पुगेपछि बेहोस भएर ढल्नुभएको स्थानीय बासिन्दाले बताएका छन् । छिमेकीकामा पुगेर ढल्नासाथ बेहोस हुनुभएकी उहाँलाई स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेकामा उपचार सम्भव नभएपछि थप उपचारमा काठमाडौँ लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिनुभयो । 

गाडी रिजर्भ गरेर उपचारमा हिँडाइएको ज्ञानकुमारीको बाटैमा मृत्यभएपछि उहाँको शव परीक्षण गर्न पुनः फर्काएर जिल्ला अस्पताल दिक्तेल ल्याइएको जनाइएको छ । घटनाका बारेमा टोली परिचालन गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।  

आफूले प्रहार गरेको लोहोरोले लागेर श्रीमती बेहोस भएपछि श्रीमान डम्बरबहादुर भने फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । फरार डम्बरबहादुरको खोजी कार्यका लागि प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको चिमरियाले बताउनुभयो । 

श्रीमान/श्रीमतीबीच बिहान करीब ५ः०० बजेको समयमा विवाद हुँदा श्रीमान डम्बरबहादुरले कुटपिट गर्नाका साथै लोहोरो प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । तालखर्कमा होटल व्यवसाय गर्दै आएका गिरी दम्पती यसअघि पनि मादक पदार्थ सेवन गरेर झगडा गरिरहने गरेको छिमेकीले बताएका छन् । 

दुई युवक पक्राउ

एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । गएराति करीब १०ः०० बजेको समयमा दिक्तेल बजारस्थित रत्नपार्कमा अन्दाजी १५/१६ वर्षकी किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राई पक्राउ परेका हुन् । 

आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै किशोरीले सामुदायिक प्रहरी सेवा केन्द्रमा दिएको उजुरीका आधारमा दुवै जनालाई गएराति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक चिमरियाले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनाविरुद्ध आज यौन दुव्र्यवहारसम्बन्धी मुद्धा दर्ता गरेर कारवाही शुरु गरिएको जनाइएको छ ।   

बन्दुकसहित एक पक्राउ

आफ्नै घरमा भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा खोटाङका एक युवक पक्राउ परेका छन् ।  हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेनीका ३० वर्षीय मेघराज राईलाई आज दुई थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग गरिने खजनासहित प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । 

अवैध रुपमा घरमा बन्दुक राखेको भन्ने स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नायब उपरीक्षक चिमोरीयाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण