२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डलर साट्ने बाहनामा ठगी गर्ने गिरोहका नाइकेसहित पक्राउ

२०७७, २३ आश्विन शुक्रबार १४:३१

असोज २३, भक्तपुर (रासस) : सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्ति ठगि गर्ने गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे नपा–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ ।

 यही असोज १८ गते मध्यपुरथिमिस्थित दिब्यश्वरी टाउन प्लानिङमा सस्तोमा डलर साट्न आएका बालाजुस्थित बिजी मलमा ब्यापार गर्ने प्रकाश बुढाथोकीको बा.१५च ४०५ नम्बरको गाडीको सिसा फुटाएर रु चार लाख लुटेर भागेका खड्कालाई प्रहरीले सानोठिमीबाट पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो । 

यही असोज २० गते नै घट्नामा संलग्न रहेकामध्ये सिन्धुपाल्चोक बाह्रबिसेका ३१ वर्षीय धनबहादुर भण्डारी र लुटेरा समूहलाई डलर उपलब्ध गराउने ट्याक्सी चालक सञ्चबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको थियो । 

प्रहरीले खड्काको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत ठिमी र अपराध अनुसन्धान महाशाखाको टोलीले सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडिबाट उनी सवार लु.६४प. ३४०१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ । 

प्रहरी अनुसन्धानका क्रममा यही असोज २० गते लुटेको पँैसाले २१ गते बौद्धस्थित बजाजको सोरुमबाट रु तीन लाख २७ हजारमा नयाँ मोटरसाइकल किनेर खड्का बाह्रबिसे आफ्नो गाउँ पुगेर भोज खुवाएर फर्किएको खुलेको बताइएको छ । 

असोज १३ गते कमलविनायक बसपार्कमा रमेश बराइलीबाट लुटेको रु पाँच लाखमध्ये खड्काले रु दुई लाख लिएर भागेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । प्रहरीले उनकोे साथबाट रु २० हजार बरामद गरेको छ । लुटेरा समूहका यज्ञबहादुर भण्डारी भने अझै फरार रहेकाले प्रहरीको खोजी जारी छ । 

यही असोज ८ गते बालकोटस्थित रोज भिलेज अगाडि डलर देखाएर गोरखाका सुदर्शन थापाबाट रु. पाँच लाख लुटपाट गर्ने बाह्रबिसे नगरपालिका–४ घर भई भक्तपुर व्यासी बस्ने राकेश भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । कागजको व्याण्डलमा तल र माथि डलर राखेर देखाउने र रुमालमा पोको पारेको कागजको बण्डल दिएर नेपाली पैसा लिएर फरार हुने गिरोहका १२ जनालाई महानगरीय प्रहरी परिसर भक्तपुर र वृत्त थिमिले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह