२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आफ्नै हौसलाले क्यान्सरलाई जित्न सकिन्छ’

२०७७, २५ आश्विन आईतवार १०:४०

असोज २५, काठमाडौँ, (रासस) । स्तन क्यान्सर लागेकाले आफ्नो हौसलाले क्यान्सरलाई पराजित गरेको अनुभव सुनाउनुभएको  छ ।  नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले क्यान्सर विरुद्ध सचेतना अभियान क्रममा आज यहाँ आयोजना गरेको वेभ कार्यक्रमका सहभागिले सफल उपचार र मनोबलले क्यान्सरलाई पराजित गर्ने जनाएका थिए । 

अक्टोबर महिनालाई विश्वभर नै  “क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ” भन्ने नाराका साथ स्तन क्यान्सर विरुद्धको अभियान सञ्चालन गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अभियान सञ्चालन गरिएको छ । 

स्तन क्यान्सर लागेर निको भएकी पूजा कुँवर शुरु शुरुमा आफूलाई स्तन क्यान्सर भएपछि मरिहालिन्छ कि भन्ने रहेकोमा पछि शल्यक्रिया गरेपछि निको भएको अनुभव सुनाउनुभयो । “यो रोग लागेपछि बाचिन्न कि भन्ने डर लाग्यो । शल्यक्रियापछि आफू भित्रबाट हौसला निकालेर  शक्ति पाएँ”, उहाँले भन्नुभयो, “शुरु शुरुमा किमो दियो कपाल झर्ने । अहिले नभएको कपाल पनि राम्रो लाग्छ । कपाल झरेर झन् नयाँ कपाल आयो । कपालदेखि नङ नयाँ आउँदा शरीरले नयाँ जीवन पाएको छ ।” 

उहाँले सबै महिलालाई स्तन क्यान्सर लागेपछि नआत्तिन समेत आग्रह गर्नुभयो । अर्का स्तन क्यान्सर स्मीता घिमिरे क्यान्सर भएरपछि मरिन्छ कि भनेर नडराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मैले ऊर्जा भएर हाँसेर नै क्यान्सरलाई जितेको छु । बरु अहिले कोभिड–१९ सँग डराएको छु । रोगसँग डराउने होइन । लड्ने हो ।”  

नेपाल क्यान्सर अस्पतालका स्तन रोग विशेषज्ञ डा प्रफुल्ल शाक्यले नेपालमा स्तन क्यान्सरको राम्रो उपचार भएको जानकारी  दिनुभयो । उहाँले स्तन क्यान्सर भएर विरलै महिलाको निधन हुने र ७० प्रतिशत महिलाको स्तन बचाएर नै शल्यक्रिया गर्ने गरेको बताउनुभयो ।  

उहाँका अनुसार क्यान्सरले स्तन फाल्नुपरे पनि फेरि बनाउन सकिन्छ । “नेपालमा पनि नयाँ स्तन जीउकै कुनै ठाउँको मासुको माध्यमबाट बनाउन सकिन्छ”,  उहाँले भन्नुभयो, “यसको लागि ठूलो शल्यक्रिया हुन्छ । अहिले आएर हामी धेरै विज्ञ छौँ । नेपालमा सम्भव छ । कसैलाई इच्छ छ भने हामीले गर्न सक्छौँ ।” उहाँले रेजिना मुल्मीको पहिलो पटक  शल्यक्रिया गरेर स्तन बनाएको जानकारी दिनुभयो ।

यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्तन रोग विशेषज्ञ डा अरुण शाहीले स्तन क्यान्सरको समयमा नै पहिचान गरेर उपचार गरे निको हुने बताउनुभयो । उहाँले स्तन क्यान्सरको चाँडै उपचार नगर्ने हो भने फोक्सो, हड्डी र घाँटीमा असर पार्ने जानकारी दिनुभयो ।  

त्रिविवि शिक्षण अस्पताल डा सुजिता हिराचनले स्तन क्यान्सर भए पनि महिलाले गर्भधारण गर्न सक्ने बताउनुभयो । “किमो थेपारी दिएको दुई वर्षपछि क्यान्सर निको भएपछि महिलाले गर्भधारण सक्नेछन्” उहाँले भन्नुभयो, “सामान्य तरिकाले महिलाले बच्चा जन्माउन सक्दछन् ।” उहाँका अनुसार नेपालमा २२ जना महिलामा एक जनालाई र पुरुषमा एक प्रतिशत क्यान्सर हुने गरेको छ ।

स्तन क्यान्सर पुरुष ज्ञानवहादुर लामा किमो थेरापीबाट आफ्नो क्यान्सर निको हुने क्रममा रहेको जानकारी दिनुभयो । सरभाइबर्स सोसाइटीका कोषाध्यक्ष विनु केसीका अनुसार नेपालका ४० वर्ष मुनीको २२ प्रतिशत महिलालाई स्तन क्यान्सर हुने गरेको तथ्याङ्क रहेको छ । विश्वमा ८ प्रतिशत महिलामा स्तन क्यान्सर हुने गरेको छ । ४० देखि ५० वर्ष उमेर समूहका महिला बढी बिरामी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर