२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैँको मुखमा उपभोक्ता मारमा : दाल र तेलको मूल्य आकासियो

२०७७, २६ आश्विन सोमबार ०२:३१

असोज २६, काठमाडौं । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपियाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपियाँ र तेल प्रतिलिटरमै १५ रुपियाँभन्दा धेरैले महँगिएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले थोक बजारमा बिनाकारण तेल र दहलनका भाउ बढेको र यस विषयमा आफूसमेत अचम्ममा परेको बताए ।

उनले भने, “अहिले मूल्य बढनुपर्ने कारण नै छैन । बजारमा कुनै समस्या नै छैन । पर्याप्त सामान आपूर्ति भइरहेको छ तर पनि थोकबाटै भाउ बढाइएको छ । यसको कारण बजार अनुगमन गर्ने सरकारी निकायले खोज्नुप¥यो ।

” दशैँ लागे पनि व्यापार नभएको र थोक बिक्रेताले पनि बिनाकारण मूल्य बढाएकाले आफूहरू दोहोरो मारमा परेको गुनासो गर्नुभयो । उहाँका अनुसार सामान खरिद गर्दा थोक व्यापारीबाट बढेको बिलबिजक पाइएको छैन तर भाउ भने बढेको छ । उपभोक्तालाई जवाफ दिनुपर्नेमा खुद्रा व्यापारी नै पर्छन् ।

अध्यक्ष श्रेष्ठले पछिल्लोपटक बढेको बजार मूल्यका विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पदाधिकारीलाई भेटेर बजार मूल्यको अनुगमनका लागि पनि आग्रह गरिरहेको बताए।

नेपाल थोक व्यापार सङ्घले भने उद्योगमै सामान बढेकाले आफूहरूले पनि बढाउनुपरेको बताउँदै आएको छ । नेपाल तेल, दाल, चामल सङ्घले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको छ । सो सङ्घले नेपालमा तेल, दालको कच्चा पदार्थ धेरै मात्रामा विदेशबाट आयात हुने गरेको र अन्तर्राष्ट्रिय बजारमा देखिएको जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा