२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिपी प्रतिष्ठानमा कोरोनाले थप एक जनाको मृत्यु

२०७७, २६ आश्विन सोमबार ०९:२१

असोज २६, धरान (रासस) । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको आइतबार राति ११ः०० बजे निधन भएको हो । 

उच्च रक्तचापका बिमारीसमेत रहेका वृद्धलाई यही असोज २३ गते कोभिड अस्पताल भर्ना गरिएको उहाँले बताउनुभयो । शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । आइतबार बिहान दुई जनाको मृत्यु भएको थियो ।

कर्मचारी सङ्क्रमित भएपछि स्वास्थ्य केन्द्रको सेवा बन्द

बराहक्षेत्र नगरपालिकामा  रहेको  प्राथमिक स्वास्थ्य केन्द्र चतराको सम्पूर्ण सेवा बन्द गरिएको छ । तीन महिला कर्मचारीसहित पाँच जनालाई कोरोना सङ्क्रमण देखिएपछि  स्वास्थ्य केन्द्रको सेवा आइतबारदेखि बन्द गरिएको हो ।

शुक्रबार छ जनाको स्वाब सङ्कलन गरेर पिसीआर गरिएकामध्ये तीनजना कर्मचारीलाई पोजेटिभ देखिएको स्वास्थ्य केन्द्रका प्रमुख डा अनिल गिरीले जानकारी दिनुभयो ।

अर्काे सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको डा गिरीले जानकारी दिनुभएको छ । सो स्वास्थ्य केन्द्रबाट बराहक्षेत्र, उदयपुरका बेलका नगरपालिका, धनकुटाको शहीदभूमि गाउँपालिका र भोजपुरको हतुवागढी गाउँपालिकाका केही क्षेत्रका जनताले सेवा लिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा