गौरव पोखरेल | साउन १५, झापा । माओवादी सशस्त्र द्वन्द्वका समयमा बिस्फोट गराइएका झापाका १९ वटा इलाका प्रहरी कार्यालयको भवन पुनर्निर्माण हुन नसक्दा प्रहरीलाई दैनिक कार्यसम्पादन गर्न कठिनाइ मात्र भइरहेको छैन, प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गौरव पोखरेल | साउन १५, झापा । माओवादी सशस्त्र द्वन्द्वका समयमा बिस्फोट गराइएका झापाका १९ वटा इलाका प्रहरी कार्यालयको भवन पुनर्निर्माण हुन नसक्दा प्रहरीलाई दैनिक कार्यसम्पादन गर्न कठिनाइ मात्र भइरहेको छैन, प"/>
२१ मंसिर २०८२, शनिबार
झापा - JP

जनताको सुरक्षा गर्ने प्रहरी आफैं असुरक्षित

१५ श्रावण २०७३, शनिबार ०३:२१

गौरव पोखरेल | साउन १५, झापा । माओवादी सशस्त्र द्वन्द्वका समयमा बिस्फोट गराइएका झापाका १९ वटा इलाका प्रहरी कार्यालयको भवन पुनर्निर्माण हुन नसक्दा प्रहरीलाई दैनिक कार्यसम्पादन गर्न कठिनाइ मात्र भइरहेको छैन, प्रहरी आफै असुरक्षित महसुस गर्छन् । 

द्वन्द्वकालमा बिष्फोट गराइएका झापाका २५ वटा प्रहरी कार्यालयका भौतिक संरचनामध्ये अझै १९ वटा पुनर्निर्माण हुन बाँकी नै छ । मध्यदक्षिण झापाको कुमरखोदसहित कोरोबारी, गौरादह, शिवगञ्ज, तोपगाछी लगायतका प्रहरी चौकीको भवन जीर्ण छन् । 

त्यस बेला ध्वस्त पारिएका प्रहरी कार्यालयहरुको हालसम्म पनि पुनर्निर्माण भइनसक्दा केही प्रहरी कार्यालयहरु भाडाका घरमा समेत छन् । केही कार्यालयहरु स्थानीय जनश्रमदान र स्थानीय निकायबाट प्राप्त न्यून बजेटबाट अस्थायी टहरामा छन् ।  

झापाको दक्षिणी गाविस कुमरखोदमा रहेको इलाका प्रहरी कार्यालयले त्यस क्षेत्रका करिब ३० हजार जनसङ्ख्या रहेको तीनवटा गाउँ विकास समितिको सुरक्षा गर्नुपर्छ । कुमरखोद, टाघनडुब्बा र शरणामती गाविस यसका कार्यक्षेत्रभित्र पर्छन् ।


माथिको तश्विरमा: ईलाका प्रहरी कार्यालय, कुमरखोद । 

त्यस्तै, कोरोबारी प्रहरी चौकीले कोरोबारी गाविस, गौरादह प्रहरी चौकीले गौरादह नगरपालिका, शिवगञ्ज प्रहरी चौकीले शिवगञ्जसहित पाँचगाछी क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका छन् । 

तर, झापाका प्रहरी प्रवक्ता हरिराज शर्माका अनुसार त्यहाँको प्रहरी कार्यालय जीर्ण हुँदा प्रहरीसँग रहेका हतियार समेत असुरक्षित छन् । 

ध्वस्त अधिकांश प्रहरी कार्यालयहरु चार दशक अघि निर्र्माण गरिएका भवन हुन् । अहिले कतिपय स्थानमा गाविस र स्थानीयको सहयोगमा अस्थायी टहरा बनाउने काम भइरहेको छ । 

‘कार्यालय भवन निक्कै कमजोर छ’, कुमरखोदका सहायक प्रहरी निरीक्षक मोहन भुजेलले भन्छन्, ‘छत खस्ने हो कि भनेर जति बेलै चिन्ता भइरहन्छ ।’ 

उनले दुःखले प्रहरीले काम गर्नु परिरहेको बताए । ‘द्वन्द्वकालमा ध्वस्त हुँदा भएको क्षतिको विषयमा तथ्याङ्कहरु माथि पठाइसकेका छौँ’, उनले थपे, ‘तर, अहिलेसम्म केही भएको छैन ।’ 

‘थुनुवा कोठाको पनि हालत नाजुक छ’, त्यहाँ कार्यरत प्रहरीहरु भन्छन्, ‘कार्यालयको अवस्था नै यस्तो भएपछि हतियार लगायतका वस्तु त असुरक्षित छन् नै यसका साथै कानुनविपरीत काम गर्नेलाई थुन्न सक्ने स्थानको समेत अभाव भएको छ ।’

सशस्त्र द्वन्द्वकालमा माओवादीले बम पड्काएर ध्वस्त पारेको प्रहरी कार्यालय कुमरखोदको छानाको रडमुनिका सिमेन्ट सबै उक्किएर झरेको छ । 

प्रायः प्रहरीहरु कार्यालय भवन बाहिरै बस्छन् । भित्र छिर्न उनीहरुलाई भयको स्थिति छ । सर्वसाधारणलाई सुरक्षा दिने प्रहरीहरु त्यहाँ आफै असुरक्षित भएर बस्न बाध्य छन् । 

कुमरखोदको इलाका प्रहरी चौकी त एउटा उदाहरण मात्र हो । जीर्ण रहेका धेरै जसो प्रहरी कार्यालयको अवस्था नाजुक छन् । यसले प्रहरी आफै कति असुरक्षित छन् भन्ने देखाउँछ । 

स्थानीय भन्छन्, ‘आम जनताको सुरक्षाका लागि बस्ने प्रहरीको घरको नै यस्तो हालत छ भने अरु असुरक्षित छन् भन्ने थाह भइहाल्छ ।’

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार माओवादी सशस्त्र द्वन्द्वका बेला देशभर ८ सय ७४ प्रहरी कार्यालय आंशिक तथा पूर्ण ध्वस्त बनाइएका थिए । 

जसमा अहिलेसम्म पनि अधिकांश प्रहरी संरचनाहरुको पुनर्निर्माण हुन सकेको छैन । केही हुने क्रममा छन् । मेची अञ्चलमा मात्र ५२ वटा प्रहरी कार्यालय ध्वस्त पारिएको थियो । 

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको शान्तिकोष सचिवालयमार्फत प्रहरी संरचनाको पुनर्निर्माणको काम भइरहेको छ । 

तर, थुप्रै संरचनाहरु निर्माणाधीन अवस्थामा नै छन् । सबै निर्माण भइसक्न कति समय लाग्छ अत्तोपत्तो छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य