४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाई प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्रीको आग्रह

२८ आश्विन २०७७, बुधबार १२:५१

असोज २८, काठमाडौँ (रासस) । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली सङ्घ(इयु)का राजदूत नोना देप्रेजसँग पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले यस क्षेत्रमा  लगाइएको प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा मन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवाधिकार, विपद् व्यवस्थापनलगायत क्षेत्रमा इयुले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने  विश्वास व्यक्त गर्नुभयो  ।

सो अवसरमा राजदूत देप्रेजले नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिनुभयो ।

उहाँले नेपालको सङ्घीयताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालिएका कदमका सम्बन्धमा गृहमन्त्रीसँग जिज्ञासा राख्दै नेपाललाई इयुले दिँदै आएको सहयोगले निरन्तरता पाउने तथा आगामी दिनमा थप सहयोग विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ