२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्कुटर जलाउने चार युवक पक्राउ

२९ आश्विन २०७७, बिहीबार १५:१३

असोज २९, रुपन्देही (रासस) । प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्धा चलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार बुटवल उमहानगरपालिका –११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देविनगर बस्ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका –२ बस्ने २८ वर्षिय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवल बस्ने ३० वर्षीय सुरज क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले गत असोज १६ गते बुटवल–११ देविनगरको होराईजन चोकमा सरकारी स्कुटर जलाएका थिए ।

यसैगरी प्रहरीको स्कुटर रोकी धम्की दिने दुई जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । देवदह नगरपालिका –४ का वसन्त रेग्मी र सोही ठाउँका वसन्तलाई देवदह–५, खैरेनी कचहरा पुलमाथि डिउटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी फुटाईदिउ भन्दै धम्की समेत दिई जबरजस्ती लाईसेन्स बिलबुक मागेको अभियोगमा नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता खत्रीले बताउनुभयो । उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य