४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै परीक्षार्थीलाई परीक्षामा सामेल गराउन अदालतको आदेश

२९ आश्विन २०७७, बिहीबार १५:५१

असोज २९, काठमाडौँ (रासस) सर्वोच्च । अदालतले लोकसेवा आयोगलाई सबै परीक्षार्थी सम्मिलित हुने पाउने गरी परीक्षाको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको छ ।   न्यायाधीश सपना मल्लको एकल इजलासले आज आयोगले लिने परीक्षामा सङ्क्रमितलाई पनि  सामेल गराउन अन्तरिम आदेश दिएको हो । 

सङ्क्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८(१)को कार्यान्वयन नगर्न नगराउनसमेत आयोगलाई दिएको आदेशमा उल्लेख गरिएको छ ।

आयोगले जारी गरेको सङ्क्रमणको विशेष व्यवस्थामा परीक्षासम्बन्धी मापदण्डमा कोभिड –१९ को सङ्क्रमणबाट सङ्क्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरिएको थियो । 

संङ्क्रमित परीक्षार्थीलाई पनि सुरक्षित तरिकाले परीक्षाको व्यवस्थापन गर्न माग गर्दै मानवअधिकार रक्षक सञ्जालसंँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकरले रिट निवेदन दिनुभएको थियो । 

“सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिन र परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्नू गराउनू”, आदेशमा भनिएको छ, “स्वघोषित सङ्क्रमित व्यक्तिलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्नू ।

”आदेशमा महामारीका समयमा परीक्षा सञ्चालन हुन लागेका अवस्थामा आयोगको मापदण्डले संंङ्क्रमित  मात्र परीक्षा दिन वञ्चित भई उनीहरुको संविधानप्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाका आधारमा विभेदविरुद्धको हक, छुवाछूत तथा भेदभावविरुद्धको अधिकारको समेत उल्लङ्घन हुन जाने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ