२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या अत्यन्तै कम

२०७७, ३० आश्विन शुक्रबार ०२:३७

असोज ३०, काठमाडौं । सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ ।

सार्क राष्ट्रहरूमा मृत्यु हुने दरलाई नियाल्दा नेपाल पाँचौ स्थानमा रहेको छ । सबैभन्दा बढी अफगानिस्तानमा कुल संक्रमितमध्ये तीन दशमलव ७० प्रतिशतको मृत्यु भएको छ । यस्तै, पाकिस्तानमा कुल संक्रमितमध्ये २ दशमलव ०५ प्रतिशतको मृत्यु भएको छ ।

वल्र्डमिटरका अनुसार भारतमा एक दशमलव पाँच प्रतिशत, बंगलादेशमा एक दशमललव ४५८ प्रतिशतको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये शून्य दशमलव ५७ प्रतिशतको मृत्यु भएको छ ।

यस्तै, माल्दिभ्समा संक्रमितमध्ये शून्य दशमलव ३१६ प्रतिशतको मृत्यु भएको छ । भुटानमा कोरोनाबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन ।

तथ्यांकअनुसार भारतमा ७३ लाख ९ हजार १ सय ६४, पाकिस्तानमा ३ लाख २१ हजार २ सय १८, अफगानस्तानमा ४० हजार २६, श्रीलंकामा ५ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, माल्दिभ्समा ११ हजार ६२, भुटानमा ३ सय १६, बंगलादेशमा ३ लाख ८४ हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ । यस्तै संक्रणमणमुक्त हुने दरमा नेपाल निकै पछाडि रहेको छ ।

सबैभन्दा धेरै पाकिस्तानमा ९५ दशमलव ०७ प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, भुटानमा ९३ दशमलव ०३ प्रतिशत, माल्दिभ्समा ८९ दशमलव ३१ प्रतिशत, भारतमा ८७ दशमलव ३३ प्रतिशत, नेपालमा शून्य दशमलव ५७ प्रतिशत र श्रीलंकामा ६४ दशमलव ७६ प्रतिशत कोरोनामुक्त भएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा