साउन १५, मुस्ताङ । उपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारणले अब लोमान्थाङबाटै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी पाउने भएका छन् । 

सरकारले लोमान्थाङमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरेपछि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, मुस्ताङ । उपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारणले अब लोमान्थाङबाटै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी पाउने भएका छन् । 

सरकारले लोमान्थाङमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरेपछि"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

उपल्लो मुस्ताङीलाई लोमान्थाङबाटै नागरिकता

२०७३, १५ श्रावण शनिबार ०५:४०

साउन १५, मुस्ताङ । उपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारणले अब लोमान्थाङबाटै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी पाउने भएका छन् । 

सरकारले लोमान्थाङमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरेपछि हप्तादिन लगाएर सदरमुकाम जोमसोम आउनुपर्ने बाध्यता अन्त्य हुने भएको हो । लोमान्थाङ, छोसेर, छुसाङ, छोन्हुप, घमी र सुर्खाङ गाविसका सर्वसाधारणको समस्यालाई ध्यानमा राखेर इलाका प्रशासन कार्यालय सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए । 

यसअघि लोमान्थाङमा सीमा कार्यालयमार्फत उपल्लो मुस्ताङवासीका दैनिक समस्या समाधान गर्ने प्रयास गरिए पनि त्यसलाई थप प्रभावकारी बनाउन इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो । 

सीमा प्रशासन कार्यालयमा जनशक्ति काम र अधिकार पनि कम हुने भएकाले त्यसबाट स्थानीयको आवश्यकता पूरा गर्न नसकेपछि त्यसलाई हटाइएको उनले जानकारी दिए । “यसले दुर्गम क्षेत्रका सर्वसाधारणलाई एउटा सिफारिसका लागि हप्ता दिन लगाएर सदरमुकाम जोमसोम आउनुपर्ने बाध्यता सदाका लागि अन्त्य हुनेछ,” प्रजिअ अधिकारीले भने, “साउन महिनाको अन्तिम हप्तासम्म हामीले यो कार्यालय सञ्चालमा ल्याउनेछौँ ।” 

उपल्लो मुस्ताङका छ गाविसमा करिब तीन हजार जनसङ्ख्या छ । इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा दुई जना सुब्बा, एकजना खरिदार र एकजना कम्प्युटर अपरेटरसहित पाँच जनाको दरबन्दी स्वीकृत भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका लागि टेलिफोन, इन्टरनेट, विद्युत्जस्ता अतिआवश्यकीय सामग्रीको व्यवस्थापन पछि सेवा प्रवाह सुरु गरिने बताइएको छ । 

“पहिलो चरणमा एक टोलीले त्यसको सबै कुराको अध्ययन गरेर फर्किएको छ, अब छिट्टै सेवा प्रवाह गर्ने गरि टोली जाँदैछ”, उनले भने, “सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली पनि सँगै रहनेछन् ।” जोमसोमदेखि ९३ किलोमिटरको दूरीमा पर्ने लोमान्थाङमा इलाका प्रशासन कार्यालय सञ्चालमा आए स्थानीयले नागरिकता, राहदानी, सार्वजनिक मुद्दा मामिला र फोटोसहितको मतदाना नामावली दर्ता जस्ता सरकारी सुविधा गाउँ तहमै पाउने छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी