२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधानबाट जन्मियो शिशु

२०७७, १ कार्तिक शनिबार १५:५४

कात्तिक १, चितवन (रासस): चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधान विधिबाट शिशु जन्माइएको छ । विगत १५ वर्षदेखि सन्तान हुन नसकेका भरतपुरका एक जोडीको उक्त विधिबाट आज छोराको जन्म भएको हो । 

अस्पतालका प्रसुति विभागका डा रेनुका ताम्राकारका अनुसार गत वर्ष माघमा कृत्रिम गर्भाधान गराइएकामा आज शल्यक्रियामार्फत बच्चा जन्माइएको हो । नाम नखुलाइएको आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको उहाँले जानकारी दिनुभयो । 

डा ताम्राकारले जिल्लामा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट चितवन मेडिकल कलेजमा बच्चा जन्माइएको जिकिर गर्नुभयो ।

प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, रेडियो डायग्नोसिस र नर्सिङ विभागको समन्वय र अस्पतालका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, डा आशुदीप शर्मा, प्रा डा गणेश दंगालको निरन्तरको मार्गनिर्देशनमा सफलता  मिलेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा