५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै

२ कार्तिक २०७७, आईतवार ०२:१५

कात्तिक २, काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा बढेको छ ।

पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु भएको आशंका गरिएका शवलाई विद्युतीय शवदाह गृहमा जलाउन रोक लगाएसँगै पशुपति आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने सम्भावना बढेको हो ।

कोषले मृतकका आफन्तको आग्रहलाई समेत बेवास्ता गर्दै शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउन बाध्य बनाएका कारण भेला भएकाहरूबाटै संक्रमण फैलिरहेको बताइएको छ । परम्परागत विधिबाट लास जलाउन ३ देखि ४ घण्टा लाग्ने गरेको छ ।

संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या दैनिक गुणात्मक रूपले बढेर अस्पतालका बेडहरू समेत नपाएर ज्यान गुमाउनेहरूको संख्या बढिरहेको छ ।

कोरोनाका कारण मृत्यु पुष्टि नभएका शंकास्पद र अन्य कारणले ज्यान गुमाएका मृतकको शप पशुपतिको आर्यघाटमा सँगै जलाउँदा मृतकका मलामी मात्र नभएर अहिले पशुपति क्षेत्र विकास कोषका कर्मचारी एवं शव जलाउने काममा सहयोग गरिदिने मजदुरहरू समेत उच्च जोखिममा परेका छन् । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ