२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै

२०७७, २ कार्तिक आईतवार ०२:१५

कात्तिक २, काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा बढेको छ ।

पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु भएको आशंका गरिएका शवलाई विद्युतीय शवदाह गृहमा जलाउन रोक लगाएसँगै पशुपति आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने सम्भावना बढेको हो ।

कोषले मृतकका आफन्तको आग्रहलाई समेत बेवास्ता गर्दै शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउन बाध्य बनाएका कारण भेला भएकाहरूबाटै संक्रमण फैलिरहेको बताइएको छ । परम्परागत विधिबाट लास जलाउन ३ देखि ४ घण्टा लाग्ने गरेको छ ।

संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या दैनिक गुणात्मक रूपले बढेर अस्पतालका बेडहरू समेत नपाएर ज्यान गुमाउनेहरूको संख्या बढिरहेको छ ।

कोरोनाका कारण मृत्यु पुष्टि नभएका शंकास्पद र अन्य कारणले ज्यान गुमाएका मृतकको शप पशुपतिको आर्यघाटमा सँगै जलाउँदा मृतकका मलामी मात्र नभएर अहिले पशुपति क्षेत्र विकास कोषका कर्मचारी एवं शव जलाउने काममा सहयोग गरिदिने मजदुरहरू समेत उच्च जोखिममा परेका छन् । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा