४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार

४ कार्तिक २०७७, मंगलवार ११:३०

कात्तिक ४, काठमाडौँ (रासस) : सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को निश्चित लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षण र उपचार खर्च गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । 

यो निर्णयसँगै अब सबै मानिसले कोभिड–१९ को परीक्षण र उपचार गर्नका लागि आफैँले रकम तिर्नुपर्ने हुन्छ । यसअघि सरकारले कोभिड–१९ का  सङ्क्रमणलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको थियो । “पहिले जसरी नागरिकले सरकारबाट स्वास्थ्य सेवा जसरी पाइरहेका थिए । अब त्यसरी नै पाउने छन्”, उहाँले भन्नुभयो, “सोहीअनुसार अब लक्षित वर्गलाई मात्र उपचार खर्च सरकारले व्यहोर्छ ।”  

सरकारले कोभिड–१९ को सङ्क्रमणको उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी (दोस्रो संशोधन) आदेश,२०७७ अनुसार ती लक्षित वर्गको निःशुल्क गर्न उपचार गर्ने भएको हो । विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक, अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत रहेका कर्मचारीको मात्र निःशुल्क परीक्षण र उपचार खर्च व्यहोर्ने भएको हो । 

ती लक्षित वर्गले आवश्यक कागजातसमेत पेश गर्नुपर्ने छ । विपन्न वर्गले विपन्न परिचयपत्र वा विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशिकाअनुसारको सिफारिस, अशक्त व्यक्तिले अशक्तताको प्रमाणपत्र वा स्वयघोषणा, असहाय व्यक्तिे सिफारिस वा स्वयघोषणा, एकल महिलाले एकल महिलाको परिचयपत्र वा स्वयघोषणा, अति अपाङ्गता व्यक्तिले अपाङ्गताको प्रमाण पत्र पेश गर्नुपर्ने हुन्छ । 

यस्तै ज्येष्ठ नागरिकले ७० वर्ष पुगेको नागरिकताको प्रमाणपत्र र अग्रपङ्क्तिमा खटिने कर्मचारीको हकमा भने सम्बन्धित कार्यालयको परिचत्रपत्र हुनुपर्ने उल्लेख छ । ती लक्षित वर्गले कुनै पनि बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमा रकमबाट व्यहोरिने छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ