४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

४ कार्तिक २०७७, मंगलवार ११:३५

कात्तिक ४, काठमाडौँ (रासस) : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १३.२२ बिन्दुले बढेर एक हजार ५८३.६० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६५ बिन्दुले वृद्धि भई ३१३.५५ मा पुगेको छ । आज कूल १९३ कम्पनीका ५० लाख २४ हजार ५० कित्ता शेयर रु एक अर्ब २७ करोड १८ लाख २९ हजार ९९० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका आज १२ वटै उपसमूहको शेयर बिक्री भएको छ । बैंकिङ ७.७४, व्यापार २.९६, होटल १९.२७, विकास बैंक २२.१९, जलविद्युुत् २७.७२, वित्त ८.६, निर्जीबन बीमा ५५.७६, उत्पादन २५.३६, अन्य ११.४, लघुवित्त १६.४४, जीवन बीमा ७८.१२ र सामूहिक लगानी कोष ०.११ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज अरुण काबेली पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड एक लाख एक हजार ५८० बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु सात करोड ७४ लाख ८४ हजार ७४५, एचआइडिसीएल रु छ करोड दुई लाख दुई हजार ३४७, नागरिक लगानी कोष रु चार करोड एक लाख ७७ हजार २०२, हिमाल दोलखा हाइड्रोपावर रु तीन करोड ४३ लाख १५ हजार ४६१, शिखर इन्स्योरेन्स कम्पनी रु दुई करोड ७९ लाख ८५ हजार २४० र कुमारी बैंकको रु दुई करोड ६८ लाख १४ हजार ६९२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा जनरल इन्स्योरेन्स ९.९१, माउण्टेन हाइड्रो ९.६६, हिमाल दोलखा हाइड्रोपावर ९.६०, जोशी हाइड्रोपावर ९.४०, घलेम्दी हाइड्रो ८.८७, अपि पावर कम्पनी ७.३२ र ङादी पावरका लगानीकर्ताले ७.२५ प्रतिशतले कमाए । यस्तै, नेपाल फाइनान्स १.८६, रिलायन्स फाइनान्स १.६४, मुक्तिनाथ विकास बैंक १.६२, एनआइसी एशिया समृद्धि फण्ड १.२२, घोडीघोडा लघुवित्त १.०१ र सूर्योदय लघुवित्तका लगानीकर्ताले ०.८६ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ