२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पोखराको विकल्पमा बलेवामा प्याराग्लाइडिङ

४ कार्तिक २०७७, मंगलवार १६:०७

कार्तिक ४, बलेवा (रासस) । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।


 “यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाईडिङका लागि यो उपयुक्त ठाउँ हो ।” प्यारा पाइलट टेकबहादुर थापाले भन्नुभयो “प्राकृतिक दृष्य पोखराको भन्दा कम छैन, हिमालको दृष्य सुन्दर देखिन्छ ।” सो मन्त्रालयले प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न चालू आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ ।

 पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सराङ्कोटबाट भैइरहेको प्याराग्लाडिङ रोकिने भएकाले विकल्पमा बलेवालगायतका ठाउँ रोजिएको महाशाखाका प्रमुख डिल्लीराम रिजालले बताउनुभयो ।


बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा रहेका वडाध्यक्षलगायत सरोकारवालालाई डाकेर महाशाखाले प्याराग्लाइडिङको लागि उड्ने (टेकअप लिने) र ओर्लिने (ल्याण्डिङ) गर्ने ठाउँको विषयमा छलफल गरेको छ । “पोखराको विकल्पमा हामी पर्नु निकै खुशीको कुरा हो ।” वडा नं. १० का अध्यक्ष प्रेमबहादुर थापाले भन्नुभयोे ‘हामी उड्ने र ओर्लिने ठाउँको विषयमा टुङ्गो लगाउँछौं ।”

प्रदेश सरकारले यसअघि परीक्षण सफल भैइसकेका बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको सोरेमैदान र कास्कीको अर्मालालाई विकल्पको रुपमा राखेर पूर्वाधार विकास गर्ने योजना बनाएको छ ।

कालीगण्डकी माथि बनेका पुलका संरचना र धार्मिक पर्यटकीय स्थलहरु यहाँका सहायक घुम्न मिल्ने ठाउँ हुने हुँदा आर्थिक हिसाबले समेत प्याराग्लाइडिङ लाभदायक बन्ने देखिएको छ । विमानस्थलको सञ्चालन, कालीगण्डकीमा ¥याफ्टिङ र नजिकैको बञ्जी विदेशी पर्यटकका लागि प्याकेज बन्ने भएकाले बलेवामा प्याराग्लाइडिङको व्यावसायिक भविश्य रहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य