१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘त्यसोभए तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुस्’

५ कार्तिक २०७७, बुधबार ०२:१३

कात्तिक ५, काठमाडौं । गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले निकटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो– ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, मनपरी ।’ लामो समयदेखि मन्त्रिमण्डल पुनर्गठनको रस्साकस्सीमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई तीन रिक्त पद मात्र पूर्ति गर्ने मुडमा आफू रहेको बताउँदै आउनुभएको थियो । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने तीन वटा विकल्प दिएर पुनर्गठन नै गर्नुपर्नेमा जोड दिनु भएपनि उनीटसमस नभएको पछिल्लो पुनर्गठनले देखाएको छ ।

उपेन्द्र यादवको पार्टीले सम्हाल्दै आएका स्वास्थ्य र शहरी बिकास पनि उसको सत्ता बहिर्गमनसङ्गै एमालेको भागमा गएको अर्थ लगाइएको छ । रिक्त ती मन्त्रालयमा यसअघि पूर्व एमाले कोटाका मन्त्रीहरू रहेको, त्यसमा पूर्व एमाओवादीले ढिम्किन नपाउने र पार्टी एकता नहुँदैको जस्तो तेरो र मेरोको कित्ताकाट झल्किरहने प्रधानमन्त्रीको आशय बुझेसङ्गै प्रचण्डले केही दिनअघि रिसाएर ‘त्यसोभए तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुुस्’ भनेपछि तीन जना सदस्य थप्ने बाटो खुलेको प्रधानमन्त्रीनिकट समूहले बताएको छ ।

तर, पार्टीभित्र लामो समयदेखि कायम अविश्वासको वातावरणलाई चिर्न पूर्व एमालेबाटै तीन वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्नुअघि प्रधानमन्त्रीले कम्तिमा एमालेकै आफ्ना अग्रज पूर्व अध्यक्ष र महासचिव माधव नेपाल तथा झलनाथ खनालसँग सल्लाह या जानकारी शेयर गरेको भए परिस्थिति थप जटिल नबन्ने एकथरिको बुझाइ छ ।

एमालेकै भागका मन्त्रालयमा मान्छे भरिए पनि एमाले भनेको एक ब्यक्ति त हैन । तर, पूर्व माओवादी र पूर्व एमाले दुबैतर्फ आफ्ना आलोचकलाई एकै ठाउँमा राखेर पेल्ने मनस्थिति बनाएपछि मन्त्रिपरिषदको पछिल्लो हेरफेर र नयाँ नियुक्तिले पार्टीमा ऊर्जाभन्दा समस्या थपिदिएको छ । भलै अर्थमन्त्री नियुक्त महासचिव विष्णु पौडेलको हकमा दाहालले पहिले नै समर्थन जनाएको बताइन्छ ।

आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल