५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरिन्छ त नेकपामा महासचिव ?

५ कार्तिक २०७७, बुधबार ०२:२५

कात्तिक ५, काठमाडौं । कम्युनिष्ट पार्टीको सञ्चालनमा सांगठानिक र प्राविधिक पक्षको व्यवस्थापन गर्ने काम महासचिवको हुन्छ । तर, विष्णु पौडेल यही हैसियतसहित अर्थमन्त्रीको रुपमा सरकारमा सामेल हुनुभएको छ । प्रश्न गरिँदैछ– अब महासचिव कसलाई बनाइएला ?

छर्लंग छ– केपी ओलीले आफूलाई अनुकूल नहुने गरी कुनै पनि व्यक्तिलाई महासचिव वा निर्णायक भूमिका दिनेछैनन् । न उनले पार्टीमा छलफल गरेरै व्यक्ति तोक्नेनछन् । त्यसैले अहिले नयाँ महासचिवबारे नेकपाभित्र खासखुस शुरु भएको छ । भर्खरै लुम्बिनी प्रदेशको नामाकरण र राजधानी तोक्ने काम सकिएपछि मुख्यमन्त्री शंकर पोखरेल त्यताबाट फुर्सद लिने पक्षमा रहेको स्रोतले जनाएको छ ।

त्यसो त यसअघि पार्टी विवाद उत्कर्षमा पुगेको बेलामै विवाद मिलाउने प्रयोजनका लागि रातारात काठमाडौँ आउनुपर्ने स्थितिमै उनलाई मुख्यमन्त्री छाडेर प्रधानमन्त्रीको सहयोगी भूमिकामा आउन भनिएको थियो । तर, मुख्यमन्त्री भएर प्रदेशको नाम र राजधानी नटुङ्ग्याइ त्यसो गरिनु जायज नहुने सुझावपछि उनी राजीनामाबाट पछाडि हटेका थिए । यतिबेला आफ्ना दुई मूल जिम्मेवारी पूरा भइसके ।

यता, अध्यक्ष तथा प्रधानमन्त्रीलाई एकजना भरपर्दो सहयात्रीको खाँचो बढेको छ । यसकारण शंकरलाई महासचिव बनाएर ल्याउने तयारी त हुँदै छैन ? दुई अध्यक्षबीच जुट्ला यसमा सहमति ? यदि प्रदेश इञ्चार्ज र मुख्यमन्त्रीसहित शंकर लुम्बिनी छाडेर आउने हो भने प्रधानमन्त्रीले पार्टी महासचिवमात्र हैन, मन्त्रीसरहको सुविधासहित प्रमुख राजनीतिक सल्लाहकार बनाउने सम्भावना पनि पातलो छ । यदि सहमतिमा महासचिव बनाउन खोजियो भने नामको सम्भावना न्युन हुन्छ ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ