2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरानको पहिचान घण्टाघर : गरिबको समय सूचक पनि

कार्त्तिक १६, धरान । फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाई झन् आकर्षक बनाएको छ । लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको छ । हङकङमा रहेका घण्टाघरको डिजाइनमा बनेको घण्टाघर आजभोलि धरानको पहिचान बनेको छ ।

यो  घण्टाघर विसं २०६२ पुस २० गतेदेखि औपचारिकरूपमा पर्यटकलाई प्रवेश खुला गरिएको हो । हङकङमा बसोबास गरिरहेका धराने र धरानवासीको यसमा लगानी छ । यो निर्माणका लागि पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बाले अगुवाइ गर्नुभएको थियो । उहाँकै अध्यक्षतामा व्यवस्थापन समिति बनाएर हाल व्यवस्थाप गरिँदै आएको छ । यहाँभित्रको बगैँचा, भूकम्प स्मारक उद्यान आन्तरिक तथा बाह्य पर्यटकलाई अलमलिने, फोटो खिच्ने, आराम गर्ने गन्तव्य बनेको छ ।

घण्टाघरको विशेषता यति मात्र होइन । पर्यटकका लागि घुम्ने स्थान हो भने घण्टाघर नाडीमा घडी नहुने र साथमा मोबाइल नबोक्नेका लागि समय भन्दिने स्थान पनि हो । एकनासले एउटा काममा अलमलिएको बेला घण्टाघण्टामा घण्टाघरको आवाजले चनाखो बनाइदिन्छ । धरानका बजार क्षेत्रका मान्छे प्रायः यही घण्टाघरको आवाजले आफ्नो दैनिकी शुरु गर्छन् । “बिहान यसैले ब्युँझाउने गर्छ”, भानुचोकमा पत्रिका बेच्ने व्यवसायी अर्जुन श्रेष्ठ भन्नुहुन्छ, “यो त गरिबको घडी पनि हो ।”

घण्टाघर परिसरमा विसं २०४५ को भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा भूकम्प स्मारक बनाइएको छ । धरानमा त्यसबेला भूकम्पले निकै क्षति पुर्याएको थियो । विसं २०४५ भदौ ५ गते बिहान ५:०० बजे गएको भूकम्पमा देशभर ठूलो जनधनको क्षति भएको थियो । त्यतिबेला धरान नगर क्षेत्रका ११६ जनाको मृत्यु भयो भने एक हजार ५०० जना घाइते भएका थिए । त्यतिबेला मृत्यु हुनेहरुको सम्झनामा भूकम्प स्मारक बनाइएको हो । यो पनि यतिबेला पर्यटकको गतव्य बनेको छ । घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट धरान बजारलाई धितमरुञ्जेल हेर्न सकिन्छ । घण्टाघर बाह्य पर्यटकका लागि घुम्ने र स्थानीयवासीलाई भेटघाट, चियागफका लागि पनि सजिलो भएको छ । घण्टाघरका सुपरभाइजर केशव न्यौपानेका अनुसार दैनिक सरदर २०० को हाराहारीमा घण्टाघर प्रवेश गर्छन् । उद्यान घुम्न मात्र रु १० शुल्क तिर्नुपर्छ । घण्टाघर चढ्न रु २० शुल्क तिर्नुपर्छ । भिडियो सुटिङका लागि रु ५०० तिर्नुपर्छ तर विगत चैतबाट कोरोनाका कारण घुम्न आउने शून्य भएका छन् ।

धरान उपमहानगरपालिकाको २० वर्षे दीर्घकालीन सोचअनुरूप पर्यटकका लागि थप आकर्षण र धरान नगरको छुट्टै पहिचानसमेत गराउने उद्देश्यले धरानको भानुचोकमा रु ५६ लाख ३९ हजार लागतमा घण्टाघर निर्माण भएको थियो । घण्टाघर धरान हङकङ मञ्चको सहयोगमा निर्माण गरिएको हो ।

हङकङस्थित घण्टाघरकै नमूनाको उक्त घण्टाघर जमिनभन्दा माथि ७६.५ फिट उचाइको छ । पचपन्न फिटको उचाइमा गएर एकपटकमा करिब ५० जनासम्मले वरिपरि परिक्रमा गर्दै दृश्यावलोकन गर्न सक्नेछन् । पूर्वी नेपाल घुम्नका लागि पर्यटकीय ‘हब’को रूपमा धरान विकास भएको धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी बताउनुहुन्छ ।  नेपालकै आधुनिक शहरका रूपमा आफ्नो पहिचान बनाएको धरान पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार पनि हो । 

अण्डरग्राउण्डसहित छ तलामा बनेको घण्टाघरभन्दा वरपरका घरलाई बढी तला थप्न उपमहानगरपालिकाले इजाजत दिएर घण्टाघरलाई ओझेलमा पार्ने काम भएको स्थानीयवासीले गुनासो गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई