२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगरमा कोरोना सङ्क्रमणबाट तीन पुरुषको मृत्यु

२०७७, १८ कार्तिक मंगलवार १४:२४

कात्तिक १८, मोरङ (रासस) । कोरोना सङ्क्रमणबाट विगत १८ घण्टाको अवधिमा विराटनगरका दुई अस्पतालमा तीन पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित न्यूरो कोभिड–१९ अस्पतालमा विराटनगर– ११ का ४९ वर्षका पुरुष र सुनसरीको धरान–१५ का ६३ वर्षका पुरुषको आज मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिनुभयो ।

धरानका मृृतक पुरुषलाई यही असोज २७ गते कोरोना पोजेटिभ देखिएकामा उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । मृतक जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष तथा गएको स्थानीय उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनु भएको थियो ।

विराटनगरका मृतकलाई यही कात्तिक १४ गते पोजेटिभ देखिएकोमा सोही दिन उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । यसैगरी  कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उदयपुरको बेलटार–६  घर भएका ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमवार राति मृत्यु भएको केन्द्रका सूचना अधिकारी आनन्द लामिछानेले जानकारी दिनुभयो ।

मृतकलाई यही कात्तिक १२ गते पोजेटिभ देखिएपछि नोबेल शिक्षण अस्पतालले थप उपचारका लागि सोही दिन केन्द्रमा पठाएकोमा सघन उपचार कक्ष(आईसियु)मा उपचारको क्रममा मृत्यु भएको हो । मृतक उच्च रक्तचाप र मिर्गौलाका बिरामी रहेका थिए ।––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा