२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी प्रदेशमा तीन जना कोरोना सङ्क्रमिको मृत्यु

२०७७, २२ कार्तिक शनिबार १५:०९

 कात्तिक २२ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । यस अवधिमा १७ जना निको भएका छन् ।

प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या नौ हजार १७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म निको हुने सङ्क्रमित चार हजार ८५२ रहेका छन् । सङ्क्रमणका कारण हालसम्म १०३ जनाले ज्यान गुमाउनुका साथै सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६२ पुगेको निर्देशनालयले जनाएको छ । 

आकस्मिक रक्तदानमा ३० युनिट रगत सङ्कलन

कोरोना महामारीको समयमा अस्पतालमा उपचारत बिरामीलाई रगतको कमी नहोस् भन्ने उद्देश्यका साथ नेपाल सङ्गीतकर्मी सङ्घ कास्कीद्वारा आज आयोजित आकस्मिक रक्तदानमा ३० युनिट रगत सङ्कलन भएको छ । कोरोना  महामारीसँगै ठाउँ ठाउँमा रगतको अभाव रहेको अवस्थालाई दृष्टिगत गर्दै आकस्मिक रक्तदान गरिएको सङ्घका सल्लाहकार कृष्ण रानाभाटले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा पोखरा महानगरपालिका वडा नं। ४ का वडाध्यक्ष शंकर वास्तोला, पोखरा उद्योग वाणिज्य संघकी सदस्य मुना वास्तोला, राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपालका केन्द्रीय सदस्यद्वय राजकुमार हुमागाई र सन्तोष अधिकारी, गण्डकी प्रदेशका महासचिव तथा जिल्ला सल्लाहकार कृष्णप्रसाद गौतम, संघका अध्यक्ष ऋषिराम दाहाल लगायतले कोरोना महामारीको जोखिम बढिरहेको अवस्थामा आ आफ्ना तवरबाट सजग बन्नुको विकल्प नभएको बताउनुभयो । महामारीका समयमा गरिएको आकस्मिक रक्तदानले अस्पतालमा रगतको अभावमा छटपटाएका बिरामीका लागि राहत मिल्नेमा उहाँहरूले जोड दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा