४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी प्रदेशमा तीन जना कोरोना सङ्क्रमिको मृत्यु

२२ कार्तिक २०७७, शनिबार १५:०९

 कात्तिक २२ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । यस अवधिमा १७ जना निको भएका छन् ।

प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या नौ हजार १७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म निको हुने सङ्क्रमित चार हजार ८५२ रहेका छन् । सङ्क्रमणका कारण हालसम्म १०३ जनाले ज्यान गुमाउनुका साथै सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६२ पुगेको निर्देशनालयले जनाएको छ । 

आकस्मिक रक्तदानमा ३० युनिट रगत सङ्कलन

कोरोना महामारीको समयमा अस्पतालमा उपचारत बिरामीलाई रगतको कमी नहोस् भन्ने उद्देश्यका साथ नेपाल सङ्गीतकर्मी सङ्घ कास्कीद्वारा आज आयोजित आकस्मिक रक्तदानमा ३० युनिट रगत सङ्कलन भएको छ । कोरोना  महामारीसँगै ठाउँ ठाउँमा रगतको अभाव रहेको अवस्थालाई दृष्टिगत गर्दै आकस्मिक रक्तदान गरिएको सङ्घका सल्लाहकार कृष्ण रानाभाटले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा पोखरा महानगरपालिका वडा नं। ४ का वडाध्यक्ष शंकर वास्तोला, पोखरा उद्योग वाणिज्य संघकी सदस्य मुना वास्तोला, राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपालका केन्द्रीय सदस्यद्वय राजकुमार हुमागाई र सन्तोष अधिकारी, गण्डकी प्रदेशका महासचिव तथा जिल्ला सल्लाहकार कृष्णप्रसाद गौतम, संघका अध्यक्ष ऋषिराम दाहाल लगायतले कोरोना महामारीको जोखिम बढिरहेको अवस्थामा आ आफ्ना तवरबाट सजग बन्नुको विकल्प नभएको बताउनुभयो । महामारीका समयमा गरिएको आकस्मिक रक्तदानले अस्पतालमा रगतको अभावमा छटपटाएका बिरामीका लागि राहत मिल्नेमा उहाँहरूले जोड दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ