२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राजीनामा दिन्नँ, हल्लाको पछि नलाग्नू’

२०७७, २७ कार्तिक बिहीबार ०२:२६

कात्तिक २७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने बताएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुगेका प्रधानमन्त्री ओलीले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै भएको दाबी गरेका हुन्।

चीनसँग जोडिएको किमाथांका नाका, सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपी, ९ सय ४ मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अनुगमनसहितका कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका ओलीले हल्लाको पछि नलाग्न पनि आग्रह गरे।

कुनै पनि हालतमा आफूले प्रधानमन्त्रीबाट राजीनामा नगर्ने दोहो¥याएका उनले रहरले प्रधानमन्त्री नभएको तर्क गरे। जनताले छानेर पठाएको प्रधानमन्त्री भएको जिकिर गर्दै उनले भने, ‘देश विकासबाट पछि पनि हट्दिनँ र राजीनामा पनि दिन्नँ।’

‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न।’

पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने धारणा राख्दै ओलीले भने, ‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न।’ महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले कसैले छाड भन्दैमा र चाहना हुँदैमा पद छाडेर हिंड्न नमिल्ने उनको तर्क थियो।

अहिले पार्टीभित्र केही समस्या देखिए पनि विभाजनसम्म नपुग्ने ओलीले दाबी गरे। ‘५० वर्ष अघिदेखि टुटेफुटेको पार्टी मिलाउँदै अहिले यहाँसम्म पुगेको छ, अब कसैले चाहँदैमा पार्टी फुट्न दिइन्न,’ ओलीले भने। यो समाचार आजको नागरिक दैनिकमा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा