२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा अहिले सम्मकै धेरै सङ्क्रमित थपिए

२०७७, २९ कार्तिक शनिबार १६:०१

कात्तिक २९, वासिङ्टन (रासस/एएनआई) । कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । 

विश्वव्यापी महामारी फैलिएको शुरु देखि नै बढी सङ्क्रमित रहेको अमेरिकामा अहिले पनि सङ्क्रमितको संख्या दिन प्रतिदिन बृद्धि हुदै गइरहेको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा एक लाख ७७ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो भएको पनि अधिकारीहरुलाई उद्धृत गर्दै वासिङ्टनपोष्टले लेखेको छ । 

अहिले सवै राज्यमहरुमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएको र कम्तीमा दश राज्यमा यो संख्या उच्च रहेको अधिकारीहरुले जनाएका छन् । 

सङ्क्रमितको संख्यामा बृद्धि हुदै गएपछि स्थानीय सरकारी अधिकारीहरुले सतर्कता अप्नाउन आह्वान गर्दै आएका छन् । 

मास्कको प्रयोगको विपक्षमा रहनुभएका jर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिय निर्वाचनबाट पराजित भएपछि स्थानीय अधिकारीहरुले पनि मास्को प्रयोगलाई जोड दिन थालेका छन् । 

कतिपय ठाउँमा मास्कको प्रयोग अनिवार्य नै गरिएको छ । जवकी यसअघि सरकारी अधिकारीहरुले नै मास्को प्रयोगलाई अनिवार्य गर्नु अलोकतान्त्रीक र स्वतन्त्रता विपरित हुने तर्क गरेका थिए ।  

सरकारी अधिकारीहरुले अहिले सकेसम्म घरमै रहेर मात्रै गतिविधिहरु गर्न, बाहिर सकेसम्म ननिस्कन, निस्केपनि मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, भिडभाड नगर्न, गर्नै परेपनि मापदण्ड पालना गरेर अति न्युन संख्यामा मात्र गर्न आग्रह गरेका छन् ।  

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट कुल एक करोड सात लाख २८ हजार ४९७ जना सङ्क्रमित भएको हकिङ्स विश्वविद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा