२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपामा आएको ज्वरो मत्थर भो, कुनै हालतमा फुट्दैन : मन्त्री भट्टराई

२०७७, ३ मंसिर बुधबार १५:४१

मङ्सिर ३, झापा (रासस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैचारिकरुपमा प्रशिक्षित कार्यकर्ताको बलियो जगमा उभिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै हालतमा नफुट्ने बताउनुभएको छ ।

आज दिउँसो विर्तामोडस्थित नेकपा जिल्ला पार्टी कार्यालयमा आयोजित प्रेस सङ्गठन नेपालको झापा जिल्ला समितिको शपथग्रहण समारोहमा उहाँले पार्टीमा उत्पन्न विवाद मत्थर भएको जानकारी दिनुभयो ।

‘‘नेकपाको स्वास्थ्य आज बिहानसम्म राम्रो थिएन, १०४ डिग्रीको हनहनी ज्वरो आएको अवस्था थियो, अहिले पार्टीको विवाद समाधान उन्मुख भएको छ”, उहाँले भन्नुभयो, “यो ज्वरो सिजनल फ्लु मात्र हो कोरोना लागेको होइन, मौसम परिवर्तनसँगै देखा पर्छ र आजदेखि मत्थर भइसकेको छ ।”

मन्त्री भट्टराईले पार्टीको एकीकरण र विवादमा विदेशी शक्तिले चलखेल गरेको आरोप अस्वीकार गर्दै आफ्नै बलबुतामा पार्टीभित्र एकता कायम हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हजारौँ कार्यकर्ता पङ्क्तिको विश्वास र योगदानबाट एकताबद्ध भएर समाजवादतर्फको फराकिलो मार्गमा पार्टी अघि बढ्छ, इन्डियनले फुटाउँदा फुट्ने र चाइनिजले जोड्दा जोडिने कुरा भ्रामक हो ।”

शीर्ष नेतृत्वको विवाद हुँदा झगडामा पेट्रोल छर्किदै हिँड्ने व्यक्ति पार्टीभित्र देखा परेको उल्लेख गर्दै उहाँले पार्टीमा सङ्कट परेको बेला झगडा बढाउने कार्यकर्ता उच्छृङ्खल र अराजक भएको टिप्पणी गर्नुभयो । 

झापामा मुक्ति पौडेलको संयोजकत्वमा चयन भएको प्रेस सङ्गठनको झापा जिल्ला समितिले आज मन्त्री भट्टराईको उपस्थितिमा सङ्गठनका प्रदेश नं १ का संयोजक राजन केडीबाट शपथ लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा