२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायती प्रधानमन्त्रीद्वारा सामुहिक कोभिड–१९ परीक्षणको घोषणा

२०७७, ८ मंसिर सोमबार १५:१६

 मङ्सिर ८, लण्डन (रासस/एएफपी) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामुहिक परीक्षण गर्ने योजना घोषणा गर्नुभएको छ ।

कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने उहाँले सोमबार घोषणा गर्नुभएको हो । 

सरकारको ‘कोभिड विन्टर प्लान’ अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई व्यापक बनाइन लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

अत्यधिक धेरै कोरोना सङ्क्रमितहरु रहेको लिभरपुलमा यसै महिना व्यापक परीक्षण गरिएको र कोरोनाभाइरसको सङ्क्रमण न्युनिकरण गर्न सफलता मिलेपछि प्रधानमन्त्री जोनसोनले यस्तो घोषणा गर्नु भएको हो ।  

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सहरमा सरकारले कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई दैनिकरूपमा परीक्षण गराउने र सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई तत्काल ‘क्वारेन्टाइन’मा पठाउने योजना बनाएको उहाँले बताउनुभयो ।

यो अभियान र प्रयोग सफल र प्रभावकारी भएमा देशव्यापी बनाउने योजना रहेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले जनाएको छ । यस्तो अभियान जनवरीदेखि देशव्यापी हुनसक्ने बताइएको छ ।   

त्यसैगरी सरकारले घरमै रहेकाहरुलाई हेरचाह गर्ने मापदण्ड पनि नयाँ बनाउने अधिकारीहरुले जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा