२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाले खोस्यो पाँच वरिष्ठ चिकित्सक

२०७७, ९ मंसिर मंगलवार ०२:४४

मंसिर ९, काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्। पछिल्लोपटक गत शनिबार काठमाडौंको ओम अस्पतालका वरिष्ठ जनरल ७८ वर्षीय र्सजन डा. धु्रब मुडभरीको निधन भएको थियो। उपचारका क्रममा शनिबार साँझ निधन भएको मुडवरी ओम अस्पतालका पूर्व संस्थापक भएको डा. भोला रिजालले जानकारी दिए।

अस्पतालका अनुसार मुडभरीमा ९ दिनअघि कोरोना पुष्टि भएसँगै ओम अस्पतालमै उपचाररत थिए। उपचारको पाँचौं दिन खोपको मात्रा पुरा भएपछि डिस्चार्ज भएर घर गएकै भोलिपल्ट बेहोस भएपछि फेरि उनलाई ओम अस्पतालमै लगेर उपचार गरिएको थियो। दोस्रोपटक भर्ना गरेको तीन दिनमै उनको मृत्यु भएको हो।

कोरोनाले फोक्सोमा क्षतिपुगेपछि श्वास–प्रश्वासमा अवरोध भई निधन भएको डा. रिजालले जानकारी दिए। ओम अस्पतालको स्थापनाकालदेखि नै सेवारत डा. मुडभरीको निधनले चिकित्सा सेवामा क्षति पुगेको र आफूलाई दुखी तुल्याएको डा. रिजालले बताए। स्वर्गीय मुडभरीले ओम अस्पतालमा ३१ वर्ष सेवा गरेका थिए।

कोरोना संक्रमणको कारण चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. सुनिलचन्द्र झाको पनि एक साताअघि मृत्यु भएको थियो। त्रिविवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। उनको कोरोनाको कारण बहुअंग बिगे्रर भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको थियो।

त्यसैगरी इशान अस्पतालका डा. तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. नारायणबहादुर थापाको कोरोना संक्रमणको कारण मृत्यु् भएको हो। उनको गत कात्तिकको अन्तिम साता मृत्यु भएको थियो।

असोज १५ गते कोरोना संक्रमणको कारण सुर्खेत अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको थियो। गत कात्तिक १६ गते वरिष्ट चिकित्सक डा. निलम अधिकारीको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डा. अधिकारीसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेमा हालसम्म ५ जना चिकित्सकको मृत्यु भएको तथ्यांक प्राप्त भएको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। पाँचजना चिकित्सकसहित हालसम्म १२ जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको अधिकारीले जानकारी दिए। ‘अहिलेसम्म हामीलाई यति मात्र जानकारी प्राप्त भएको छ, थप पनि हुन सक्छन् ’ उनले भने। कोरोना भाइरस संक्रमणले समुदायमा मृत्यु बढ्दै गएपछि चिकित्सकहरुको पनि पेशाको कारण संक्रमित हुन गई मृत्यु भएको उनले बताए। यो समाचार आजको नागरिक दैनिकमा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा