२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

२०७७, १० मंसिर बुधबार ०२:३५

मंसिर १०, काठमाडौं । अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै निकट यौटा दैनिक पत्रिकामा आएपछि नेकपाभित्र अविश्वास थप चुलिएको छ ।

बैठक सकिएको केही क्षणमै सचिवालयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको संबोधनको पाठ हुबहु बाहिर छरपस्ट भएको छ ।‘अब उक्त विषय पनि सचिवालयको आगामी बैठकमा नयाँ र पेचिलो ढंगले प्रस्तुत हुने’ बताउँदै बहुमत समूहका एक जना सदस्य भन्छन् ‘अबदेखि महत्वपूर्ण बैठकमा बोलिएको अडियो रेकर्ड सबैले सबैलाई दिन सकिने गलत नजिर स्थापित भएको छ ।

’ उनका अनुसार बैठकमा, ‘अडियो रेकर्ड गर्ने प्रचलन छैन र यसपटक गर्ने पनि भनिएको थिएन । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्षले गरेको सम्बोधनको पूर्ण पाठको अडियो अन्नपूर्ण दैनिक र गोरखापत्र दैनिकमा साँझतिर सोझै बालुवाटारले उपलब्ध गराएको स्पष्ट भएको छ ।’

उनका अनुसार अन्नपूर्ण दैनिकले प्रधानमन्त्रीको स्वकीय सचिवालयले उपलब्ध गराएको अडियोको सम्पादित अंश भनेर उल्लेख गर्नुले पनि बैठकमा बालुवाटारले प्रविधिको चरम दुरूपयोग गरेको प्रमाणित भएको छ ।

उक्त घटनाले अब पार्टीको कुनैपनि बैठकमा रेकर्ड हुँदैन भन्ने कुरोको ग्यारेण्टी सकिएकाले भोलिका दिनमा कोही पनि सुरक्षित नरहने सन्देशसमेत दिएको छ । कम्युनिष्ट पार्टीको उपल्लो तहको बैठकमा बोलिएका र व्यक्त गरिएका धारणालाई रेकर्ड गरेर सम्पूर्ण आवाज आफू अनुकूलका मिडिया र व्यक्तिलाई उपलब्ध गराउने परिपाटीले समस्या झन् बल्झिने खतरा छ ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा