२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई–तेल अभिभ प्रत्यक्ष उडान शुरु

२०७७, ११ मंसिर बिहीबार ०९:११

मंसिर ११, दुबई (रासस–एएफपी) । युनाइटेड अरब इमिरेट्स (युएई) को बजेट एयरलाइन्स फ्लाई दुबईले इजरायलको तेल अभिभ उडान शुरु गरेको छ । युएई र इजरायलबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएपछि निजी क्षेत्रबाट उडान प्रारम्भ भएको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले विमान सेवा प्रारम्भ हुन लागेको जानकारी दिनु भएको छ । यो उडान करिब ४ घण्टाको हुनेछ ।

प्रधानमन्त्रीका प्रवक्ता ओफर गेन्डिलम्यानले ट्वीट गर्दै प्रधानमन्त्री नेतन्याहूले फ्लाइ दुबईका पहिलो उडानका यात्रुलाई बेन–गुरिओन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गर्नु हुने जानकारी दिनुभएको छ ।

युनाइटेड अरब इमिरेट्सले गत सेप्टेम्बरमा इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको थियो । 

अमेरिकी अग्रसरतामा भएको यस्तो सम्झौता गर्ने खाडी क्षेत्रका मुलुकहरुमध्ये युएई तेस्रो हो । यसअघि सन् १९७९ मा इजिप्ट र सन् १९९४ मा जोर्डनले इजरायलसँग कुटनीतिक सम्बन्ध कायम गरेका थिए ।

फ्लाइ दुबईले दिनमा दुई वटा उडान भर्नेछ । इजरायली विमानसेवा कम्पनीहरु एल अल र इसरायर दुबैले अर्को महिनादेखि व्यापारिक व्यावसायिक उडान शुरु गर्ने अपेक्षा गरिएको छ ।

युएईको राजधानी अबु धाबीमा मुख्यालय रहेको एतिहाद एयरवेजले भने आगामी सन् २०२१ को मार्चदेखि तेल अभिभको सिधा उडान गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा