२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टुट्यो ओली र प्रचण्डबीचको संवाद

२०७७, १२ मंसिर शुक्रबार ०२:४५

मंसिर १२, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा संवाद टुटेको छ ।

गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष दाहालले प्रस्ताव पेस गरेपछि संवाद टुटेको हो । त्यसभन्दा अघि विभिन्न विषयमा छलफल हुँदै आएको भए पनि ३ मंसिरको सचिवालय बैठकयता अध्यक्षद्वय ओली र दाहालका बीचमा संवाद भएको छैन ।

हरेक समस्या आउँदा दुई अध्यक्षबीच संवादमार्फत समस्या समाधानको पहल हुने गरेको थियो तर अहिले उनीहरूबीच संवाद टुटेपछि समस्याहरू पनि थाती रहेको निकटस्थहरूले बताएका छन् । ओली पक्षले दाहालले प्रस्तुत गरेको प्रतिवेदनलाई अराजनीतिक प्रतिवेदनको संज्ञा दिँदै आएका छन् ।

नेकपाभित्रको शक्ति संघर्षले पार्टी एकता निकै कमजोर बन्न पुगेको छ । नेकपा स्रोतका अनुसार अध्यक्षद्वयका बीचमा बढ्दै गइरहेको दुरीका कारण पार्टी फुट्ने हो कि भन्ने चिन्ताले आम कार्यकर्ताहरू निराश बन्न पुगेका छन् ।

ओली पक्षका नेताहरूले भने प्रधानमन्त्रीका कारण पार्टी नफुट्ने तर अराजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेहरूले पार्टी फुटाउन सक्ने सम्भावनालाई भने नकार्न नसक्ने बताउँदै आएका छन् ।

दाहाल पक्ष नेताहरूले पनि प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन नगरेकाले समस्या आएको बताउँदै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा