२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

पूर्वप्रधानमन्त्री खनालको निर्वाचन क्षेत्रमा चार करोड बजेट

२०७७, १२ मंसिर शुक्रबार १५:४३

मङ्सिर १२, पशुपतिनगर (रासस) । पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ मा पर्ने स्थानीय तहमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गरिएको छ । छ स्थानीय तहका ३९ वडा रहेको निर्वाचन क्षेत्रमा यस वर्ष रु चार करोड बजेट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट बाँडफाँट गरिएको हो । 

सबैभन्दा बढी १४ वटा वडा भएको सूर्योदय नगरपालिकामा रु एक करोड ३५ लाख  विनियोजन गरिएको छ । इलामको कान्छो नगरपालिका माईमा रु ६८ लाख  बजेट विनियोजन गरिएको छ । रोङ गाउँपालिकामा रु ६० लाख, सन्दकपुर गाउँपालिकामा रु ६७ लाख, माईजोगमाई गाउँपालिकामा रु ६० लाख र इलाम नगरपालिका पर्ने एउटा वडामा रु १० लाख  बजेट विनियोजन गरिएको हो ।

कार्यक्रम परामर्श समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य  खनालले जुम भिडियोमार्फत संयोजना गर्नुभएको छलफलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७७ ले आयोजना व्यवस्थापन खर्चका लागि निर्दिष्ट गरेको ०.९ प्रतिशतबाट हुन आउने  र जिल्ला समन्वय समितिको कार्यलयले पाउने रकम कटाएर मात्र आयोजनाबापतको रकम भुक्तानी गर्ने गराउने निर्णय गरेको छ । पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त बजेट कार्यान्वयनका सिलसिलामा सूर्योदय नगरपालिकाको एउटा आयोजना रु ५० लाखभन्दा माथिको भई ठेक्का प्रक्रियाबाट सञ्चालनका लागि बोलपत्र प्रक्रियासम्म पुग्दा कोभिड–१९ का कारण निर्माण व्यवसायीबाट काम हुन नसकेपछि बजेट फिर्ता भएको थियो । सूर्योदयका अन्य योजना सम्पन्न भएको र कोभिडको जोखिमका समयमा समेत बजेट कार्यान्वयन गरी आयोजना सफल बनाएकामा सम्बन्धित पक्षलाई धन्यवाद दिने निर्णय गरेको छ ।

छलफलमा परामर्श समिति सदस्य एवं जिसस प्रमुख गणेश बराल र उपप्रमुख चित्रकला बराइली,  इलाम नगर प्रमुख महेश बस्नेत, सूर्योदय नगर प्रमुख रनबहादुर राई, माई नगर प्रमुख दीपककुमार थेबे, रोङ गाउँपालिका अध्यक्ष शम्सेर राई, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई र परामर्श समितिका सदस्य सचिव जिल्ला समन्वय अधिकारी हरिबहादुर दाहालको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?