२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफन्तबाटै छोरीचेली असुरक्षित हुन थालेपछि समुदाय आतंकित

२०७७, १६ मंसिर मंगलवार ०२:३८

मंसिर १६, काठमाडौं । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्र्याक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या गरेको र बाबुबाटै छोरीको बलात्कार भएको घटना सार्वजनिक भएसँगै कोर मधेसका बासिन्दा आतंकित भएका छन्। यस्ता घटना बढ्दै जाँदा मधेसी समाज खलबलिँदै गएको पुष्टि भएको विश्लेषण गर्न थालिएको छ।

रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाका रामअयोध्या साहले गाउँकै सोसिन्द्रकुमार भगतसँग भएको प्रेम स्विकार्न नसकेपछि भाडाका हत्यारा प्रयोग गरेर १७ वर्षिया छोरी अमृताकुमारी साहको ज्यान लिन लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीसमक्ष अपराध स्विकारेका रामअयोध्या अहिले थुनामा छन्। त्यस्तै भारत घर भई सर्लाहीको हरिपुर नगरपालिका–६ लक्ष्मीपुर कोद्राहामा बस्दै आएका एक पुरुषले आफ्नी ६ वर्षकी छोरीलाई पटकपटक बलात्कार गर्दै आएको घटना सार्वजनिक भएको हो। उक्त घटनाबारे अनुसन्धान भइरहेको छ।

मधेसी समाजमा ‘प्रेम’ को नतिजा कति क्रूर हुँदो रहेछ भन्ने साक्षी रौतहतको घटना बनेको छ। यिनै घटनाका कारण सामाजिक संस्कारमाथि धब्बा लागेको मधेसका बुद्धिजीवीहरूको विश्लेषण छ। ‘यी घटनाका पछाडि दहेज (दाइजो) र आधुनिकीकरणको प्रभाव छ।

आधुनिकीकरणका नाममा अभिभावकीय घेरा टुटिसकेको छ,’ सामाजिक अभियन्ता राजकुमार महतो भन्छन्, ‘अनुशासन र अभिभावकत्व नमान्ने एउटा पुस्ता र मान्नैपर्छ भन्ने अर्को पुस्ताबीचको अघोषित आन्तरिक विद्रोहको नतिजास्वरूप यस्तो घटना भएको हुन सक्छ।’

उनका अनुसार पहिले घरायसी इज्जतका लागि आफ्नो आवश्यकता दबाएर राख्ने छोरीचेली अहिले ‘एक्सपोज’ तर्फ उन्मुख हुँदैछन्। ‘नयाँ पुस्ताका छोरीचेली अहिले अभिभावकसँग आन्तरिक विद्रोहमा उत्रिसकेका छन्, जसको नतिजा बाबुले छोरी मार्ने हदसम्म पुगिसक्यो,’ उनी भन्छन्, ‘यस्तो क्रूरता र अपराधले समाज काबुबाहिर गइरहेको अवस्थालाई दर्साउँछ। यसलाई समय रहँदै काबुमा ल्याउनैपर्छ।’ यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादव र मदन ठाकुरले लेखेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने