२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

च्याम्पियन्स लिगः बार्सिलोनाले मेस्सीलाई आराम दियो

२०७७, १६ मंसिर मंगलवार १५:४१

 मंसिर १६, बार्सिलोना (रासस–एपी) । स्पेनी महारथी फुटबल क्लब बार्सिलोनाले बुधबार हुने च्याम्पियन्स लिग अन्तर्गतको खेलमा आफ्ना तीन स्टार खेलाडीलाई आराम दिएको छ ।

फेरेनभारोसमा हुने खेलमा क्लबले लियोनेल मेस्सी, मार्क–एन्द्रे स्टेजेन र फिलिप काउटिन्होलाई नखेलाउने भएको छ । 

यी खेलाडीलाई प्रमुख प्रशिक्षक रोनाल्ड कोमानले नखेलाउने निर्णय गर्नु भएको हो । समूह छ मा रहेको बार्सिलोनाले चार वटा खेल जित्दै च्याम्पियन्स लिगको अन्तिम १६ का लागि यसअघि छनौट भइसकेको छ । 

अघिल्लो चरणको डाइनामो किभ विरुद्धको खेलमा पनि मेस्सीलाई खेलाइएको थिएन । किभमा भएको खेलमा मिडफिल्डर फ्रेन्की डी जोङलाई पनि आराम दिइएको थियो । 

समूहमा बार्सिलोनाले युभेन्टसभन्दा तीन अंकले अग्रता बनाएको छ । बार्सिलोना र युभेन्टसबीच क्याम्प नाउमा समूह चरणको अन्तिम खेल हुँदैछ । 

बुधबारको खेलमा चोटका कारण अरु पनि खेलाडी अनुपस्थित हुनेछन् । क्लबका अनुसार जेरार्ड पिके, आन्सु फाती, सेर्गी रोबर्टो र सामुएल अम्टिटी चोटग्रस्त छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा