दान बहादुर बुढा/साउन १८, मुगु । राज्य पुर्न संरचना आयोगले स्थानीय तहमा गाउँ पालिका, वडाको सिमाकंन गर्न ल्याएको अवधारणामा मुगालीले असन्तुष्टी जनाएका छन । 

जिल्ला विकास समितिमा सोमबार आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा सहभागि सरोका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा/साउन १८, मुगु । राज्य पुर्न संरचना आयोगले स्थानीय तहमा गाउँ पालिका, वडाको सिमाकंन गर्न ल्याएको अवधारणामा मुगालीले असन्तुष्टी जनाएका छन । 

जिल्ला विकास समितिमा सोमबार आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा सहभागि सरोका"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

स्थानीय तहको पुर्न संरचनाको खाकामा मुगालीको असन्तुष्टि

१८ श्रावण २०७३, मंगलवार ०८:२५

दान बहादुर बुढा/साउन १८, मुगु । राज्य पुर्न संरचना आयोगले स्थानीय तहमा गाउँ पालिका, वडाको सिमाकंन गर्न ल्याएको अवधारणामा मुगालीले असन्तुष्टी जनाएका छन । 

जिल्ला विकास समितिमा सोमबार आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा सहभागि सरोकारवालाहरुले स्थानीय तहको सिमाकंनमा ल्याएको अवधारणा प्रति असन्तुष्टि जनाएका हुन ।

 गाउँ पालिकाको सिमाकंन गर्दा हिमाली जिल्लाहरुमा एक गाउँ पालिकाका लागि १५ हजार जनसंख्या हुनु पर्ने, एक हजार तिन सय वर्ग मिटर भुगोल हुनु पर्ने, वडाका लागि तिन हजार जन संख्या आवश्यक पर्ने स्थानीय तहको सिमाकंनको अवधारणामा उल्लेख छ । 

स्थानीय तहको अवधारणा तयार पार्दा भुगोल, हावा पानी लगायत स्थलगत अध्ययन नै नगरि केन्द्रबाट अवधारणा लाद्न खोजिएकोमा असन्तुष्टि उत्पन्न भएको छ । अहिले २४ वटा गाविस  रहेकोमा सोरु भेगका सात गाविस समेट्ने गरि एउटा गाउँ पालिका, खत्याड भेगका सात गाविस समेट्ने गरि एक ,गम भेगका पाँच गाविस एक र करानका पाँच गाविसलाई एक गरेर जम्मा चार गाउँ पालिका हुने स्थानीय तह पुर्न संरचना आयोगले तयार पारेको अवधारणाको खाकामा छ ।

 आयोगले ल्याएको कार्य विधिले स्थानीय तहमा पुर्ण अधिकार गाउँ पालिकामा हुने भने पनि वडालाई कस्तो अधिकार दिने भन्ने कुरा केही नबोलेको नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य मंगलबहादुर शाहीले बताए । 

ग्रामीण क्षेत्रको भुगोल, वस्तु स्थिती नबुझी सोझै केन्द्रबाट स्थानीय निकायको खाका तयार हुनु जनताले चाहेको संघीयता हुन नसक्ने उनले बताए ।  जनताले चाहेको र विज्ञले तयार बनाएको खाका आफैमा नमिलेको र गाउँ पालिका गठन हुने प्रावधानले जनतालाई प्रशासनिक अधिकार पुर्ण दिने भए पनि राजनितिक अधिकारबाट बञ्चित हुने अवस्था देखिएको पुर्व सभासद नवराज धामीले बताए । 

मध्य पश्चिमलाई सुदुर पश्चिमसंग गाभ्दा कर्णालीले आन्दोलन गर्नु परेको , हरेक आवश्यकता पुरा गराउन आन्दोलन नै गर्नु पर्ने अब पनि स्थानीय निकायको पुर्न संरचनाका लागि पनि आन्दोलन गर्नु पर्ने विषय विडम्बना भएको खत्याड भेगका स्थानीयवासी रंगविर परियारले बताए । 

गाउँ पालिका गठन गर्दा आयोगको खाका अनुसार जनताले अहिले भन्दा झन दुख र असुविधा हुने देखिएको तथा आर्थिक , राजनितिक , शैक्षिक सुविधा एवं पहुँचबाट टाढा रहने देखिएको पुर्वी करान भेगका स्थानीयवासी गुरु स्याँग्याप लामाले बताए ।

 अब गठन हुने गाउँ पालिका मुगु जिल्ला र जनताले खोजे जस्तो नहुने भएकाले जिल्लाका सम्पुर्ण राजनितिक दल , सरोकारवाला निकायहरु एकजुट भएर परिमार्जन गराउन लाग्नु पर्ने नेकपा एमालेका अध्यक्ष धर्मबहादुर शाही र नेपाली काँग्रेसका सदस्य गजेन्द्रबहादुर मल्लले तर्क गरे । 

सोरु भेगका लागि धैनकोट, कालै र रारा गाविसलाई एक, सोरु भेगकै जिमा, नार्थपु, फोतु र भिई गाविस मिलाएर एक, खत्याड भेगका लागि ह्याँग्लु, सुकाढिक, र कोटडाँडालाई मिलाएर एक, खत्याड भेगमा नै गम्था, खमाले, श्रीकोट र सेरी गाविसलाई मिलाएर एक गरि गाउँ पालिका गठन गर्नु पर्ने स्थानीयको भनाई छ । 

त्यस्तै पुर्वी करानका लागि मुगु गाविसलाई एक, किम्रि र दोल्फु एक र पुलु र माँग्रीलाई एक गरि तिन गाँ पालिका बनाउनु पर्ने तथा सदरमुकाम गमगढी सहित श्रीनगर, कार्कीवाडा, पिना, रोवा र रुगाका लागि एक नगर पालिका र एक गाउँ पालिका बनाईनु पर्ने सुझाव मुगुवासीले दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला