२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बौद्धमा आमाछोरी मृत फेला

२०७७, १८ मंसिर बिहीबार १०:५५

मङ्सिर १८, काठमाडौँ (रासस) । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले श्रीमान् दोर्जे शेर्पा भने अचेतवस्थामा फेला परेको जानकारी दिनुभयो ।  उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको बताइएको छ । 

राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको आशङ्का छ । तिनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । 

किराना पसल सञ्चालन गर्दै आएका उनीहरुको कोठामा बोलाउन जाँदा नखोलेपछि ग्राहकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार झ्यालढोका सबै बन्द थिए  । क्वाइलवाला र इलेक्ट्रिकल हिटर बालेर सो परिवार सुतेको फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते