महेन्द्र केसी/साउन १८, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको ८ करोड बेरुजु रकम अझै फस्यौट हुन सकेको छैन । 

आव ०६६।६७ देखि आव ०७२।७३ सम्म प्रयोगशाला, मर्मत सम्मभार तथा भौतिक संरचना सम्बन्धीको करिब ८ करोड ८५ लाख रकम बेरुजु पाइएको हो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/साउन १८, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको ८ करोड बेरुजु रकम अझै फस्यौट हुन सकेको छैन । 

आव ०६६।६७ देखि आव ०७२।७३ सम्म प्रयोगशाला, मर्मत सम्मभार तथा भौतिक संरचना सम्बन्धीको करिब ८ करोड ८५ लाख रकम बेरुजु पाइएको हो "/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बत शिक्षा कार्यालयको ९ करोड बेरुजु

१८ श्रावण २०७३, मंगलवार ०८:५१

महेन्द्र केसी/साउन १८, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको ८ करोड बेरुजु रकम अझै फस्यौट हुन सकेको छैन । 

आव ०६६।६७ देखि आव ०७२।७३ सम्म प्रयोगशाला, मर्मत सम्मभार तथा भौतिक संरचना सम्बन्धीको करिब ८ करोड ८५ लाख रकम बेरुजु पाइएको हो । १३ करोड बेरुजु रकम मध्ये ४ करोड १५ लाख रकम फस्यौट भएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए । 

संरचना निर्माणको लागि विद्यालयलाई दिइएको रकमको समयमा चिरफार हुन नसकेका कारण बेरुजु बढेको उनको तर्क छ । आव ०७३।७४ मा बेरुजु रकमको फस्यौट गरेर छाड्ने पौडेलले बताए ।

जिल्ला शिक्षा कार्यालयले आव ०७२।७३ को प्रगति विरणप्रति भने सरोकारवाला निकायहरु रुष्ट देखिएका छन् । जिल्ला शिक्षा कार्यालयले मोहि माग्ने तर ढुग्रो लुकाउने प्रविधि देखाएको बक्ताको तर्क छ । 

शिक्षामा गुणस्तर कायम गर्ने भन्ने तर शिक्षाको गुणस्तरको लागि शिक्षा कार्यालयले आफ्ना कर्मचारी परिचालन गर्न नसकेको कार्यक्रममा सहभागी भूमिराज शर्माले बताए । उनले जिल्ला शिक्षा कार्यालयले जिल्ला शिक्षक समिति गठन गर्न नसकेको, सामुदायिक अध्ययन केन्द्रलाई सक्रिय बनाउन नसकेको र कामकारवाहीमा तथा कार्यक्रम पारदशीर्ता र जवाफदेहितामा कमजोर, हतारमा कार्यक्रम वितरण, फिण्ड अनुगमन चुस्त नभएको भन्दै जिल्ला शिक्षा कार्यालयको कामप्रति रुष्ट बने । 

स्रोत व्यक्ति तथा निरिक्षकहरु समेत आफ्नो जिम्मेवारी बहन गर्न नसकेको भन्दै बक्ताहरुले जिल्ला शिक्षा कार्यालयका कर्मचारीको आलोचना समेत गरे । कार्यक्रममा सहभागीहरुले आगामी दिनमा कार्यालयले काम कारवाही गर्दा कार्यक्रमको पारदर्शीता तथा सरोकारवाला निकायसँगको समन्वय तथा छलफलमा गुर्नपर्ने सुल्झाए । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जिल्ला शिक्षा कार्यालयलाई आफ्नो कामगर्दा पारदर्शीता र सभागीतामुलक रुपमा गर्नुपर्नेमा जोड दिए । 

उनले कार्यालयका हरेक काममा पारदर्शीता र कार्यक्रमबारे स्पष्ट किटान गरी गर्नको लागि निर्देशन समेत दिए । स्थानिय विकास अधिकारी युवराज पौडेलले जिल्लाको विकासको लागि तथा शिक्षामा गुणस्तर बढाउनको लागि समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा कर्मचारीले भने जिल्लाको विकासको लागि तथा गुणस्तरीय शिक्षा कसरी प्रदान गराउन सकिन्छ र कसरी जिल्लाको शिक्षाको स्तर उकास्न सकिन्छ भन्ने विषयमा भन्दा पनि तलबभत्ता कमि भएको गुनासो मात्रै गरे । कर्मचारीले आफुहरुको फिण्डखर्च बढाउनको लागि माग समेत गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला