२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुञ्चेको शङ्ख पार्क खुला

२०७७, २१ मंसिर आईतवार ०८:२५

मङ्सिर २१, रसुवा (रासस) । धुञ्चेस्थित टुल्कु छेलिङ गुम्बाको छेउमा निर्माण भएको शङ्ख पार्क अवलोकनका लागि खुला गरिएको छ ।  स्थानीय तहको कार्ययोजनानुरूप रू १७ लाख ३३ हजारका लागतमा निर्माण भएको उद्यान  दिनभर खुला रहने जनाइएको छ । स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक तथा पर्यटकसमेतले उद्यानमा विश्राम लिई उच्च भागको दृश्य अवलोकन गर्न सक्नेछन् ।

मानव बस्ती छनोट गर्ने क्रममा भगवान्ले फ्याँक्नु भएको शङ्ख धुञ्चे क्षेत्रमा अडिएको किंवदन्ती छ । समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा तयार भएको शङ्ख पार्क गोसाइँकुण्ड गाउँपालिका, स्थानीयस्तरको सामाजिक क्षेत्रमा कार्यरत मानेको सोसाइटीसमेतको लगानीमा निर्माण भएको गाउँपालिका अध्यक्ष कैसाङ्नुर्पु तामाङले जानकारी दिनुभयो ।

स्थानीय तामाङ भाषामा धुङ भनेको शङ्ख र लाङ भनेको गाडिएको ठाउँ भएकाले गाउँको नाउँ नै धुङ्लाङ रहन गएको जनाइएको छ ।  टुल्कुछेलिङ गुम्बाका लामा धर्मगुरू लामा रेञ्जन घलेले यस क्षेत्रमा रसुवाको सदरमुकाम स्थापना भएपछि सरकारी निकायबाट विसं २०२४ अगावै धुञ्चे नामकरण गरिएको जानकारी दिनुभयो । पासाङल्हामु राजमार्गसँग जोडिएको नवनिर्मित शङ्ख उद्यान मोटरका यात्रुले समेत सहजरूपमा अवलोकन गर्न सक्ने बताइन्छ । 

यसैबीच धुञ्चेमा फुटबल मैदानको निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्ला अस्पताल नजीक बनाइएको उक्त मैदानको टेवा पर्खाल लगाउने र मैदान सम्याउने काम सम्पन्न भई  तारबार लगाउने कार्य द्रुतगतिमा अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते